Latest
img

श्रीमतीको साथमा बस्दै आएका एक नेपालीको जापानमा मृ’ त्यु

जापान ।नेपाल कास्की जिल्ला घर हुनुभएका मदन कुमार श्रेष्ठको जापानको राजधानी टोकियोमा असामयिक नि’ धन भएको छ ।कास्की पोखरा महानगरपालिका वडा नम्वर १३ गैडामुख कुडहर निवासी ५५ बर्षिय श्रेष्ठको उपचारको क्रममा अस्पतालमा जनवरी २१ तारिख शनिवार नि’ धन भएको हो ।

टोकियो कावासाकीमा विगत ७ बर्षदेखि बस्दै आउनुभएका श्रेष्ठको मुत्र थै’ लिसम्वन्धि समस्या देखिएको र ढिलो गरि रोग पहिचान र उपचार थाल्दा नि’ धन हुन पुगेको परिवारनिकट सदस्यहरुले बताएका छन् ।कुक पेसामा आवद्ध श्रेष्ठ श्रीमतीको साथमा बस्दै आउनुभएको थियो ।

श्रेष्ठको जापानमा नै दा’ हसंस्कार गरिने भएको र आगामी शनिवार जनवरी २८ तारिख दा’ हसंस्कार गरिने तयारी गरिएको बुझिएको छ ।कास्की पोखरा समाज सम्वद्ध सदस्यहरुका अनुसार श्रेष्ठको दा’ हसंस्कार तथा पीडित परिवारको सहयोगको लागि जापानस्थित संघसंस्था एवं व्यक्तिहरुमा आर्थिक सहायतका लागि अनुरोध गरिएको छ ।

सहयोग गर्न ईच्छुक व्यक्तिहरुले उल्लेखित बैंक खातामा रकम उपलब्ध गराउन सकिने र सम्पूर्ण रकम विस्तृत विवरण सहित परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।उता मंगलबार र बुधबार जापानमा यो वर्षकै सबैभन्दा चिसो दिन हुने अनुमान गरिएको छ ।

जापानको मौसम विभागका अनुसार मंगलबार देखि सी अफ जापानतर्फको तटीय क्षेत्र र प्रशान्त तटीय क्षेत्रमा भारी हिमपात हुनेछ । अधिकारीहरुले सर्वसाधारणहरुलाई सकेसम्म छिटै भारी वर्षा र न्यून तापमानको अवस्थाका लागि आवश्यक तयारीहरु गर्न अनुरोध गरेका छन् ।

पश्चिमी र पूर्वी जापानमा मंगलबार र बुधबारबीच हिउँदे चिसो हावाको बहाव बहने बताइएको छ । यसले उत्तर देखि पश्चिमी जापानसम्मै सी अफ जापानतर्फको क्षेत्रमा भारी हिमपात र हिमआँधी ल्याउने अनुमान गरिएको छ । हिमपात जारी रह्यो भने छोटो समयमै ठूला परिमाणमा हिउँ थुप्रिने बताइएको छ ।

देशभर नै चिसो हावा चल्ने र पूर्व र पश्चिम जापानका साथै ओकिनावा र आमामीमा समुद्रमा ठूलो छाल आउने अनुमान छ ।बुधबार बिहान साप्पोरोमा तापमान माइनस ११ डिग्री सेल्सियसभन्दा तल झर्ने विभागले बताएको छ । नागानो, सेन्डाई र टोकियोमा पनि तापमान क्रमशः माइनस ८, माइनस ६ र माइनस ३ डिग्रीमा झर्ने बताइएको छ ।

हिमआँधीका कारण यातायात अवागमन अवरुद्ध हुने र बिजुली काटिने सम्भावना रहेको विभागले बताएको छ । पानी पाइपमै जम्न सक्ने चेतावनी पनि विभागको छ । भारी हिमपात पर्ने भनिएका क्षेत्रमा सर्वसाधारणहरुलाई सकेसम्म बाहिर नजान भनिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment