Latest
img

लियोनल मेसीसँग तस्बिर खिच्ने नेपाली युवाको सपना यसरी पुरा भएको रहेछ-

काठमाडौ – चर्चित फुटबलर “लियोनल मेसी” लाई भेट्ने रहर कसको नहोला ? तर भर्खरैका विश्वकप विजेता “मेसी” लाई भेटेर सेल्फी खिच्ने मौका जोकोहीले कहाँ पाउँछन् र ? त्यस माथि एक सामान्य “नेपाली युवक” ले उनलाई भेट्न पाउनु असम्भव जस्तै हो ।

काभ्रे दोलालघाटका ३८ वर्षीय नवाङ लामाले बुधबार मेसीसँग सेल्फी खिच्ने अवसर पाए । कतारको राजधानी दोहामा रहेको ‘द टर्च होटल’ मा एक दशकदेखि काम गर्दै आएका नवाङले जीवनमा यही अवसर खोजिरहेका थिए ।टर्च होटलमा विश्वका अधिकांश खेलाडी आउने गर्छन् ।

त्यसैक्रममा उनले धेरै जनासँग यसअघि भेटेर सेल्फी खिच्न भ्याइसकेको थिए । उनको एउटै धोको थियो मेसीलाई भेट्ने ।उनी मेसीका कतिसम्म ‘डाइहार्ट’ फ्यान थिए भने मनमनै कुलदेवता भाकेर भेट्न पाइयोस् भनेर कामना गर्ने गर्थे ।साउदी अरबमा बिहीबार भएको पीएसजी र

अल नासर क्लबबीचको मैत्रीपूर्ण खेलका लागि पीएसजी टिम बुधबार कतारको टर्च होटलमा आएर बस्यो ।त्यही अवसरमा अप्रत्याशित रूपमा उनले मेसीसँग भेट्न पाए । सुरुमा उनले मेसीलाई लिफ्टसम्म पुर्‍याएर कोठा देखाउने अवसर पाए । तर सुरुमै उनीसँग सेल्फी खिचेनन् ।

होटलका कर्मचारीलाई कोही पाहुनासँग फोटो, अटोग्राफ लिन निषेध गरिएको छ । तर उनी मेसीसँग फोटो खिच्ने अवसर पाउँदा होटलले जागिरबाट निकाले पनि तयार नै थिए ।‘मैले त पहिले नै म्यानेजरलाई भनेको थिएँ । बरु मलाई घर फर्काइदेऊ तर मेसीसँग अवसर मिलेमा सेल्फी लिन्छु भनेर,’ नवाङले भने, ‘नभन्दै मेरो चाहना पूरा भयो ।अब म पूर्ण भएँ ।’

पीएसजीका सबै टोलीले खाना खाइसकेर कोठा फर्किने बेला उनले ‘लियो, कम हेयर वान फोटो प्लिज’ भनेर अनुरोध गरे । मेसी नजिकै आएर उभिए । मुसुक्क हाँसे । त्यतिखेर नवाङ पूरै नर्भस भए । उनको जीउभरि काँडा उम्रियो ।पीएसजीका सबै खेलाडी सँगै थिए ।

तर उनलाई अरूसँग खासै मतलब थिएन । जसरी पनि मेसीसँग तस्बिर लिने उनको चाहना थियो । उनले फेसबुक र इन्स्टाग्राममा प्रोफाइल परिवर्तन गर्दै लेखे ‘मिसन एकम्प्लिसड ।विश्व चर्चित खेलाडीका सुरक्षा व्यवस्थादेखि गोपनीयता कायम गरिएको हुन्छ ।

त्यसैले जोकोही प्रशंसकले मेसी स्तरका खेलाडीसँग व्यक्तिगत रूपमा भेटेर तस्बिर लिन पाउनु सहज छैन ।उनले यसअघि नै नेयमार जुनियर, आर्जेन रोबेन, मारियो गोट्जे, जाभियर हर्नान्डेज, आर्टुरो भिडाल, रोबर्ट लेवन्डन्स्की, जाभी अलोन्सोलगायत दर्जनौं विश्वचर्चित फुटबलरसँग सेल्फी लिन भ्याइसकेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment