Latest
img

केहि गर्न खोजिरहेका बालेनलाई किन खेद्न खोज्दैछन ? ब्यापारी र पार्टीका कार्यकर्ताबाट बलेन तारो बन्दै

कलाकार राष्ट्रका गहना हुन् । जसले कलाकारको साथ पाउँछन्, उनीहरूले सफलता पनि अवश्य पाउँछन् । यसमा बालेन शाहको सफलताको पछाडि नेपालीको कलाकारको ठूलो साथ र सहयोग छ ।उनीहरूले स्थानीय तहको चुनावमा बालेनले उम्मेदवारी घोषणा गरेपछि सामाजिक सञ्जालबाटै भोट माग्न सुरु गरेका थिए ।

बालेनले बोल्ने हरेक भाषण र अन्तर्वार्तामा आफ्नो प्रतिबिम्ब हेर्दै उनीहरूले ‘बालेन जिताऔँ’ अभियान चलाएका थिए ।राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिबाट वाक्क दिक्क भएका कलाकारहरूले ‘बालेन जिताऔँ’ अभियान चलाएकै कारण उनको जित सम्भव भएको हो ।

राष्ट्रका गहना भनिने कलाकारले नै बालेन सही उम्मेदवार भएको भन्दै भोट मागेपछि अधिकांश मतदाताको पनि मन फेरिएको थियो । जसले काठमाडौँ उपत्यकामा दलहरूबाट आजित भएका कारण उनीहरूले स्वतन्त्र उम्मेदवार बालेनलाई काठमाडौँको मेयरमा निर्वाचित गराए ।

निर्वाचित भएपछि बालेनले सुरुवाती दिनमा गरेका कामले निकै चर्चा पाएको थियो । अवैध संरचना भत्काउनदेखि काठमाडौँको पार्किङ र फुटपाथ व्यवस्थित गर्दा बालेनलाई गरेको मतदान सही साबित भएको धेरैको बुझाई थियो ।तर, पछिल्लो समय एक पछि अर्को गरी बालेनको आलोचना बढ्दै गएको छ ।

त्यसमा पनि कलाकारबाटै बालेनको आलोचना चर्किएको छ । जसलाई रोक्न बालेनको शक्तिले सम्भव देखिएको छैन ।खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयले बालेनलाई ठूलो विवादमा तान्यो । त्यसअघि टुकुचा खोला उत्खनन गरेर उनले चर्चा र वाहवाही निकै पाएका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह हिजो आफ्ना सहयोगीहरुसहित प्रख्यात आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नागपोखरीस्थित क्लीनिकमा पुगे । युवा मेयर र पाका डाक्टरबीच सोनाम ल्होसारको बिदाका दिन कफी पिउँदै करिब आधा घन्टा नरम भलाकुसारी भयो ।

बालेनले काठमाडौं महानगरबासीलाई कसरी सुलभ स्वास्थ्य सुविधा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न चाहेका थिए । केही दिनअघि मात्रै बहराइनको १० लाख अमेरिकी डलरको अवार्ड पाएकोमा बालेनले बधाइ दिएर कुराकानी सुरु भयो । कुरा कानीका क्रममा स्वास्थ्य क्षेत्रको मात्र नभएर काठमाडौंको बाटो विस्तार र उत्पन्न विवादका विषयमा पनि विचार÷विमर्श भएको थियो ।

मेयर बालेनले काठमाडौंका सबै वडामा वार्ड क्लिीनक महानगरले सञ्चालन गर्ने योजना सुनाएका थिए । ती क्लीनिकमा महानगरको सेयर हुने तर महानगरबासीले त्यसको सुविधा पाउने उनको भनाइ थियो ।डा. रुइतले यस्तो क्लीनिक सञ्चालन गर्दा स्वास्थ्य सुविधा सबैलाई निःशल्क गर्ने कुरा व्यवहारिक नहुने बताए ।

उनले भने, ‘पूरै नाफारहित त गर्नै सकिन्न । राम्रो गुणस्तर कायम गर्ने र सेवाको लागत लिने कुरा ठिक हो । कमजोर वर्गका बिरामीलाई फ्रि गर्ने तर सक्नेबाट पैसा लिने मोडलमा जानुपर्छ ।’बालेनले त्यसमा सहमति जनाउँदै भने, ‘खासमा आइडिएल सिचुयसन भनेकै त्यही हो नि ।

कुनै पनि चिज फ्रि भनेको पाउनेलाई पो फ्री भयो । तर, कसै न कसैले त्यसको लागत त तिर्नुपरिरहेको हुन्छ । कि हुनेखानेले नहुनेलाई दिनुपर्यो, कि सरकारले अनुदान दिनुपर्यो ।’रुइतले थपे, ‘म्यानेजमेन्ट होस्, क्वालिटी होस्, त्यहाँ काम गर्ने जनशक्तिलाई सुविधा होस् ।

सय रुपैयाँ बढी कमाउँदा मलाई पनि पाँच रुपैयाँ बढी हुन्छ भन्ने भयो भने राम्ररी काम गर्छन् । यस्तो नसोची हुँदै हुँदैन ।’महानगरका वार्ड क्लीनिकमा सरकारी सेवामा जोडिएका जनशक्तिलाई राख्न कठीन हुन सक्ने रुइतको भनाइ थियो । बालेनले प्रत्येक वर्ष उत्पादन हुने १६ सय एमओ र एमडीलाई नेपाल सरकारले खटाउन नसकेको भन्दै उनीहरुलाई प्रयोग गर्न पाए हुने धारणा राखे ।

कुराकानीमा बालेनले डोजरको प्रसंग पनि निकाले ।उनले भने, ‘आज हर्क साम्पाङले एउटा घर भत्काउन खोज्नुभएको रहेछ, ढुंगामुढा भएछ । यहाँ मान्छेलाई सजिलै हुँदोरहेछ जस्तो लाग्यो । यहाँ पो हामीले … एउटा टहरा भत्काउन पनि सजिलो छैन ।’ त्यसपछि उनले आफ्ना सहयोगीलाई सोधे, ‘महानगरको कति रोपनी फर्कियो रे सरकारी जग्गा ?’

सहयोगीले १२७/२८ रोपनी फर्काएको जानकारी दिए । बालेनले थपे, ‘आनाको करोडले जोडौं त काठमाडौंमा सरकारी जग्गा कति आयो ?’रुइतले बालेनको उमेर र सम्भावना भएको भन्दै राम्रो आधारशीला बनाएर अघि बढ्न सुझाव दिए । उनले भने, ‘यहाँ जति मान्छेले गाली गर्छन्, त्यतिले राम्रो पनि भनिरहेको हुन्छ ।

मान्छेहरुले राम्रो÷नराम्रो भन्दै गर्छन् । सबैलाई रेस्पोन्स गरिराख्नु पर्दैन क्या । यो चाहीँ ख्याल राख । जसले गाली गरिरहेको छ उसले पनि मनमनै त राम्रो काम भइरहेको छ भनेको होला । मुखले त के के भन्छन् ।’ बालेनले सही थपे ।रुइतले थपे, ‘सुकुम्वासीले अधिग्रहण गरेको जग्गा कसै न कसैले समाधान नगरी हुँदैनथ्यो । तपाईंले छुचोपन देखाउनुभो । तर, कसै न कसैले स्टार्ट गर्नैपर्थ्यो ।’

केही दिनअघि चलचित्र निर्देशक तथा ब्यापरी विशाल भण्डारीले सामाजिक सञ्जालमा बालेनले धेरै काम गर्ने सपना देखाएर काम गर्न नसकेको भन्दै एक प्रश्नसहितको पोस्ट हालेका थिए ।जसले चर्चा पायो । यद्यपी त्यो पोष्टमा धेरै प्रश्न थिए । बालेनले काम गर्छु भनेर जिते पनि पछिल्लो समय सुस्त भएपछि प्रश्न गर्नु स्वाभाविक थियो ।

तर, बालेनले भण्डारीकै कमेन्टमा गएर ‘र’ क्सी खाएर राती राती डिस्टर्ब गर्ने’ भन्दै गैरजिम्मेवार रिप्लाई गरेका थिए ।त्यसपछि बालेनको आलोचना चुलिएको हो । प्रश्न गर्ने भण्डारीले नै अर्को पोस्टमा बालेनले आफूलाई राजाकै स्वरूप सम्झेको भन्दै काठमाडौँमा भत्काउनेबाहेक के कुरा बनाएको छ ? भन्दै प्रश्न गरेका थिए ।

त्यसमा पनि बालेनले तपाईँको गाउँको मेयरले के गरिरहेको छ ? बुझेको छ ? भन्दै अर्को गैरजिम्मेवार जवाफ दिएर पन्छिने प्रयास गरेका थिए ।एक कलाकारसँग जुहारी गरेर सबै कलाकारको अपमान गरेको भन्दै अहिले बालेनप्रति सबैभन्दा बढी आक्रोशित कलाकार देखिन्छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment