Latest
img

जहाज उड्न लाग्दा र अवतरण गर्दा फोन चलाउन नदिनुको कारण यस्तो रहेछ

तपाईँ हवाईयात्रामा हुनुहुन्छ भने विमान उड्नुअघिबाटै परिचारिकाहरूले तपाईँको मोबाइल स्विच अफ गर्न वा फ्लाइट मोडमा राख्न आग्रह गरिरहेका हुन्छन्। विमानमा यात्रुसँग भएका अन्य विद्युतीय उपकरणको प्रयोग नगर्न पनि आग्रह गरिन्छ।

तर धेरैजसो अन्तर्राष्ट्रिय उडानहरूमा निश्चित उचाइमा विमान पुगेपछि यस्ता उपकरण प्रयोग गर्न छुट दिइन्छ। कतिपय विमान सञ्चालकहरूले त उडिरहेको जहाजमै वाईफाईको समेत सुविधा दिएका हुन्छन्। विमान उड्ने र अवतरण गर्ने समयमा किन मोबाइल र अन्य विद्युतीय उपकरण प्रयोग गर्न दिइँदैन तपाईँलाई थाहा छ?

सन् २००६ को घटना= बीबीसी फ्यूचरले सन् २०१३ मा प्रकाशित गरेको एउटा विवरणअनुसार सन् २००६ को घटनामा एक यात्रुले प्रयोग गरिरहेको डीभीडी प्लेयर स्विच अफ गर्नेबित्तिकै ३० डिग्रीसम्म फरक देखाइरहेको विमानको नेभिगेशन सिस्टमले ठिकसँग काम गरेको थियो।

ती व्यक्तिले उक्त उपकरण स्विच अन गरेपछि पुनः उक्त समस्या दोहोरिएको घटना विद्युतीय उपकरणले विमानको उडानमा दुष्प्रभाव पारेका १२५ तथ्याङ्कलाई विश्लेषण गर्दै स्पेक्ट्रममा प्रकाशित भएको एक विवरणलाई उद्धृत गर्दै प्रकाशित गरिएको छविश्व भरि नै १०,००० फिटभन्दा कम उचाइमा विमान उडेको समयमा मोबाइल र अन्य विद्युतीय उपकरण प्रयोग गर्न नदिने अभ्यास छ।

विमानमा किन मोबाइल फोन चलाउन दिइँदैन? राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका वरिष्ठ प्राविधिक अधिकृत देवेन्द्र पुनका अनुसार उडानका क्रममा निश्चित अवस्थामा मोबाइल फोनहरू प्रयोग गर्न नदिनुका केही व्यावहारिक कारण छन्।

“विमानले निश्चित उचाइ हासिल गरेर जब सबै कुरा सामान्य हुन्छ त्यस बेला पाइलटले सीटको पेटी खोल्न र शौचालय जान अनुमति दिन्छन्, त्यो चरणमा मोबाइल चलाउन पनि पाइन्छ,” उनले भने। “तर विमान उड्ने र अवतरण गर्ने बेलामा चाहिँ प्रयोग गर्न हुँदैन।”

विमानमा प्रयोग हुने दिशा देखाउने नेभिगेशनका र अरू सञ्चार उपकरणहरू पनि वायरलेस प्रणालीबाट सञ्चालन हुने भएकाले मोबाइल मात्र नभएर रेडिओ फ्रिक्वेन्सी र अल्ट्रासाउन्ड फ्रिक्वेन्सीले त्यस्ता उपकरणलाई असर गर्न सक्ने उनी बताउँछन्। उनका अनुसार प्रमुख कारणहरू यस्ता छन्ः फ्रिक्वेन्सी जुध्ने जोखिम, ध्यान केन्द्रित नहुने चिन्ता

“कहिलेकाहीँ फ्रिक्वेन्सी जुधेर पाइलटले सञ्चार गरिरहेको कुरा नसुनिन सक्छ वा प्रभावित हुन सक्छ,” उनले भने। नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र पनि त्यस्तो जोखिम हुने बताउँछन्। उनका अनुसार कम उचाइमा उडिरहेको विमानमा मोबाइल फोनको फ्रिक्वेन्सीको पहुँच हुन सक्छ र कतिपय अवस्थामा फ्रिक्वेन्सी खप्टिएर पाइलटले गर्ने सञ्चारमा प्रभाव पर्ने जोखिम हुनसक्छ।

“विमान र मोबाइलले प्रयोग गर्ने फ्रिक्वेन्सी फरक भए पनि कहिलेकाहीँ त्यो जुध्न सक्ने जोखिम हुन्छ र यस्तो भयो भने विमानको सञ्चार प्रभावित हुन सक्छ,” मिश्रले भने। अधिकांश अवस्थामा विमान उडिसकेपछि अवतरण नहुँदासम्म मोबाइलको नेटवर्क देखाउँदैन।

विमानमा मोबाइलको नेटवर्क किन हुँदैन? हालै पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानबाट एक यात्रुले फेसबुकमा लाइभ गरेको पाइएको छ। जमिनमा राखिएका मोबाइलका बेस ट्रान्सीभर स्टेशन टावरभन्दा ४० देखि ६० मिटर उचाइसम्म मोबाइल फोनको नेटवर्क टिप्न सक्ने विज्ञहरू बताउँछन्।

के फोन चलाउँदा विमान दुर्घटना हुन सक्छ? विशेषगरी विमान उड्ने र अवतरण गर्ने समयमा मोबाइल वा अन्य विद्युतीय उपकरण प्रयोग गर्दा यात्रु र विमान दुवैलाई जोखिम हुने जानकारहरू बताउँछन्। “विमानलाई खतरा हुनु भनेको यात्रुलाई पनि जोखिम हुनु हो। अर्को कुरा मोबाइल वा अरू उपकरणमा ध्यान दिएर

विमानमा भइरहेको उद्घोषण सुनिएन भने कहिलेकाहीँ विमानमा टर्बुलेन्स आउँदा (हल्लिँदा) यात्रुलाई चोटपटक पनि लाग्न सक्छ,” नेपाल वायुसेवा निगमका पुन भन्छन्। तर उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि उपलब्ध गराउन हालै युरोपेली आयोगले विमान सञ्चालकहरूलाई अनुमति दिएको विवरण आएका छन्। बीबीसी न्यूज

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment