Latest
img

संगै जिउन पाईएन निरमाया एउटी डोरी पा’ सो लगाम भो !

एक ताका चर्चित गायक खुमन अधिकारीले गएको एउटा गित खुब चर्चित हियो । त्यो गित थियो मर्स्यांग्दीमा फुल बगाम भो, संगै जिउन पाईएन निरमाया एउटी डोरी पासो लगाम भो । उक्त गितमा एक जोडीले आफ्नो प्रेम असफल भएपछी त्यो बाटो रोज्नु परेको कथा समेटिएको थियो ।

तर आज झापामा ठ्याक्कै त्यस्तै घटना घटेको छ ।दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झु’ ण्डिएको अवस्थामा मृ’ त फेला परेका छन्। कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झु’ न्डिएर आ’त्मह’ त्या गरेका हुन् ।

कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पा’ सो लगाएर दुबै जनाले आ’ त्मह’ त्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए । मृ’ तक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आ’ त्मह’ त्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् । करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए।

केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले बताए। केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए। प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै

उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ-आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाच्न नपाएपछि मृ’ त्युलाई रोजे।’गत साउनमा तीन जना युवती सा’ मूहिक रुपमा एउटै रुखमा झु’ न्डिएर आ’ त्मह’ त्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो द’ र्दनाक घटना घटेको स्थानीयवासी बताउँछन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment