Latest
img

‘विजय शाही’ को उपमा पाएका गफाडी सापकोटा बेपत्ता

म’ रेको मान्छे जिवित वनाउने औषधी आफुले पत्ता लगाएको अन्तरवार्ताका कारण चर्चामा आएको एक युवक सम्पर्क विहिन भएका छन् । चितवन घर भएका मणिरत्न सापकोटाले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएर आफुले म’ रेको मान्छे ब्युँताउने औषधी फेला पारेको दावी गरेका थिए ।

आफुले खोजी गरेको औ’vषधी मुसा र बट्टाइमा प्रयोग गरिसकेको र मान्छेमा परिक्षण गर्न भने बाँकी रहेको सापकोटाले दावी गरेका थिए । ‘अकालमै म’ रेका मान्छेहरुलाई बचाउन सक्ने केमिकल मैले बनाएको छु’उनले भनेका थिए–‘यसकै परीक्षणका निम्ति भर्खर मृ’ त्यु भएका व्यक्तिको श’ वको खोजीमा वीर अस्पताल आएको हुँ ।

अन्य अस्पतालमा पनि हामीले ताजा लाशहरु खोजिरहेका छौं ।’कालगतिले, वृद्धावस्था र दु’ र्घटनामा परी अंगभंग भएका ब्यक्तिलाई बचाउन नसक्ने, तर झुण्डिएर, हृदयघा’ त भएर वा अन्य आकस्मिक कारणले शरीरमा गम्भीर चोट नलागिकन मृ’ त्यु भएकाहरुलाई बचाउन सक्ने सापकोटाको दावी थियो।

धेरैले उनको दाबीलाई नपत्याएर अर्को ‘विजय शाही’ को उपमा पनि दिएका थिए भने कतिपयले चाहिं संसारमा केही पनि असम्भव नहुने भन्दै उनलाई प्रयास जारी राख्न हौस्याएका थिए। अन्तर्वार्तामा सापकोटाका तीन वटा मोबाइल नम्बर पनि सार्वजनिक गरिएका थिए ।

अहिले उनका तीनवटै नम्बरमा फोन लाग्दैन ।युट्युबमा झण्डै साढे पाँच लाख फलोअर्स भएको रातोपर्दा टीभीमा यो ‘एक्स्क्लुसिभ’ अन्तर्वार्ता प्रशारण भएको थियो । मरेको मान्छे बचाउने अविश्वसनीय दाबी गरिएपछि अन्तर्वार्ता भाइरल भइहाल्यो । यद्यपि, धेरैले उनको दाबीमा अपत्यार गरे ।

उनलाई अर्को ‘विजय शाही’ को उपमा पनि दिइयो । कतिपयले चाहिं संसारमा केही पनि असम्भव नहुने भन्दै उनलाई प्रयास जारी राख्न हौस्याए ।अन्तर्वार्तामा सापकाेटाका तीन वटा मोबाइल नम्बर पनि सार्वजनिक गरिएका थिए । उनले कतै कसैको अकाल मृ’ त्यु भएमा तुरुन्तै आफूलाई खबर गर्न भन्दै हेलिकोप्टर चढेर भए पनि आउने बताएका थिए ।

तर, अन्तर्वार्ता आएसँगै सापकाेटा ‘सम्पर्कविहीन’ बनेका छन् । अन्तर्वार्तामा दिइएका तीनवटै नम्बरमा फोन लाग्दैन ।अहिले उक्त अन्तर्वार्ता रातोपर्दा टीभीले युट्युबबाट हटाएको छ । आफ्नो नाम सागर बताउने उक्त युट्युब च्यानलका सञ्चालकले युवक नै सम्पर्कविहीन बनेपछि भिडियो हटाएको जानकारी दिए ।

‘उहाँलाई हामीले हिजो दिनभर फोन ट्राइ गर्‍यौं । तर, सम्पर्क हुन सकेन । त्यसैले भिडियो हटाएका छौं’, उनले भने ।म’ रेको मान्छे बचाउने जस्तो हावादारी कुरा गर्नेको अन्तर्वार्ता किन लिएको भन्ने प्रश्नमा उनले बट्टाइ र मुसामा परीक्षण गरेको भिडियो नै देखाएपछि आफूहरु प्रभावित भएको बताए ।

‘उहाँले हामीलाई मोबाइलमा भिडियो देखाउनुभएको थियो । त्यसमा धेरै मानिसहरुको बीचमा मरेको बट्टाइ र मुसामाथि के’ मिकल परीक्षण गरिएको छ । केमिकलको प्रयोग भए पनि दुइटै जीव बाँचेको भिडिओमा देखिन्छ’, उनले भने ।उनले ती युवा आफैं सम्पर्कमा आएपछि

उनको बारेमा सोधखोज गरेको उल्लेख गरे ।‘चितवनमा फार्मेसी सञ्चालन गर्नुहुँदो रहेछ । औ’ षधि उपचारको सामान्य ज्ञान पनि भएकाले विश्वास गर्न कर लाग्यो’, उनले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment