काठमाडौँ । अभिनेता दीपकराज गिरी आफ्ना धारणाहरु सामाजिक संजालमा तात्ततातै विषयमा राखि हाल्छन् । राजनीति होस् वा कलाकारिताको विषयमा नै किन नहोस् दीपकले स्पस्ट धारणा राखिरहेका हुन्छन् । पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का विषयमा
विभिन्न प्रश्न उठ्न थालेपछि उनले स्पस्ट रुपमा आफ्नो धारणा राख्दै बालेन जस्ता युवा नेताहरुलाई विश्वास गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।निर्माता गिरीले फेसबुकमा स्टाटस पोस्ट गर्दै राजनीतिमा आएका नयाँ अनुहारलाई केही समय विश्वास गर्न आग्रह गर्दै भनेका छन्
जनताको ठूलो मत पाएर सदनमा पुगेका गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० हरुलाई एक पटक समय दिऔँ ।उनी अगाडी लेख्छन् ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौ विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’
हाँस्य कलाकार गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए। तर, के बुझेर हो या नबुझेर बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन्। चलचित्र निर्देशक विशाल भण्डारीसँग भिडेर आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको वालमा पोखिए ।
त्यसो त गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए । तर, के बुझेर हो बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन् ।दीपकराजले लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं । अब रवि, बालेनहरु आएका छन् ।उनी हरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’
यो स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन् ।उनले लेखेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?’बालेनको जवाफलाई लिएर धेरैले आलोचना गरेका छन् । उनी पनि सामाजिक सञ्जालमा जथाभावी लेखेर हर्क साम्पाङजस्तै बन्न लागेको धेरैको टिप्पणी छ ।
Leave A Comment