काठमाडौं – काठमाडौं प्रहरी परिसरले खुला भाँडोमा पेट्रोल बिक्री नगर्न पेट्रोल पम्पहरुलाई निर्देशन दिएको छ । बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।
काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ। पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडोमा अ’ तिप्रज्वलनशील पेट्रोलिय पदार्थ बिक्री गरेको पाइएकाले
परिसरको गम्भिर ध्यानकर्षण भएको भन्दै परिसरले तत्काल त्यसी बिक्री वितरण गर्ने कार्य बन्द गर्न निर्देशन दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल,
जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ। एक सूचना जारी गर्दै परिसरले त्यसरी बिक्री भएको पेट्रोलियम पदार्थबाट मा’ नवीय एवं भौतिक क्षति हुने भएकाले सुरक्षा संवेदनशीलताका लागि सवारी साधनमा भर्नेबाहेक खुला भाँडोमा बिक्री नगर्न निर्देशन दिएको हो।
जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ। मंगलबार दिउँसो बानेश्वरमा रहेको संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छ’ र्किएर आ’ त्मदा’ हको प्रयास गरेका थिए।
कीर्तिपुरस्थित ब’ र्न अस्पतालमा उनको उपचारका क्रममा बुधबार बिहान नि’ धन भएको छ। उक्त घटनापछि प्रहरीले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।
कीर्तिपुरस्थित ब’ र्न अस्पतालमा उपचारका क्रममा उनको नि’ धन भएको हो। उपचारका क्रममा बिहान ५ बजे नि’ धन भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हा’ लेर आ’ त्मदा’ ह प्रयास गरेका थिए।
उक्त घटनामा उनको ८० प्रतिशत शरीरको भाग ज’ लेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित ब’ र्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। आचार्यले आफ्नो सामाजिक सञ्जालमा लामो पत्र लेखेर आ’ त्मदा’ हको प्रयास गरेका थिए ।उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा व्यवसाय गर्दा कसरी घाटा लाग्यो भनेर विवरणसमेत दिएका छन्।
‘मेरो देश गर्व गर्न लायक बनोस्, विदेशिएका लाखौं युवाले यही देशमा केही गर्न सकुन्’ भन्दै उनले २५ बुँदामा आफ्ना मागहरू राखेका छन् भने ११ बुदाँमा सरकारलाई सल्लाहसमेत दिएका छन्। आचार्यले पत्रको अन्तिममा लेखेका छन्, ‘म मरे पनि मेरो देश बाँचिरहोस्।’
Leave A Comment