Latest
img

आफ्नो नाम पनि लिएर आ’ त्मदा’ ह गरेका प्रेमप्रसाद आचार्यको नि’ धनपछी रविले दिए यस्तो जवाफ-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आ’ त्मदा’ ह गर्नुपर्ने अवस्था हिजो देखिको निराशा र पीडा निम्त्याएको परिणाम भएको बताएका छन् ।उपचारका क्रममा प्रेमप्रसाद आचार्यको नि’ धन भएपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको बताएका छन् ।

उनले भनेका छन्- दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला ।

यस्तो छ उनले लेखेकाे स्टाटस- एउटा नागरिकले आ’ त्मदा’ ह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त वि’ द्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आ’ त्मदा’ हको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।

दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आ’ त्मदा’ हको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ, हामीलाई माफ गर्नु होला। तपाईँको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।

यो पनि – संघीय संसद् भवनअगाडि आ’ त्मदा’ ह प्रयास गरेका प्रेमप्रसाद आचार्यको नि’ धन भएको छ ।कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए ।उनले भने, ‘क्रिटिकल अवस्था थियो ।

शरीर ८० प्रतिशत ज’ लेको थियो । ८० प्रतिशत शरीरको हिस्सा ज’ ल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे नि’ धन भयो ।’इलाम घर भएका आचार्यले हिजो शरीरमा पे’ ट्रोल हा’ लेर आ’ त्मदा’ ह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् ।डा. कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।

राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थियो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ ।त्यसपछि आचार्यले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।इलामका प्रेमप्रसाद आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारगेटकै सामुन्ने आ’ त्मदा’ ह गरेको खुलेको छ ।

प्रधानमन्त्री दाहाल संसद् भवनबाट बाहिरिँदै गर्दा कारगेट नजिकै गएर उनले शरीरमा आ’ गो स’ ल्काएको सीसीटीभी फुटेजमा देखिन्छ ।प्रधानमन्त्री प्रचण्ड हिजो राष्ट्रिय सभालाई सम्बोधन गर्न संसद् भवन पुगेका थिए । संघीयता विरुद्ध बोल्ने मन्त्रीलाई कारबाहीको चे’ तावनी दिएर करिब तीन बजे संसद् भवनबाट प्रचण्ड बाहिरिँदै गर्दा घटना भएको हो ।

सीसीटीभी फुटेजमा देखिए अनुसार संसद् भवनबाट प्रधानमन्त्री प्रचण्डको सवारी निस्कनासाथ प्रेम प्रसाद ‘सीन’ मा प्रवेश गरेका थिए । उनी केमा चढेर आएका थिए भन्ने फुटेजमा देखिएको छैन । प्रधानमन्त्रीको सवारी निस्कनासाथ प्रेमप्रसादले त्यसतर्फ दौडिँदै शरीरमा आ’ गो स’ ल्काएको देखिन्छ ।

त्यसअघि सडकमा नि’ गरानी गरिरहेका एक पुरुषले उनीतर्फ हात हल्लाउँदै केही निर्देशन दिएका छन् । तर, प्रेमप्रसादले आ’ गो स’ ल्काएपछि उनी पछि हट्छन् । त्यसपछि प्रेमप्रसाद प्रधानमन्त्रीकै सेतो गाडी सामुन्ने पुगेर ल’ डेका छन् ।प्रधानमन्त्रीको कारगेटमा रहेको सिटी पुलिसको पहिलो गाडीमा रहेका सुरक्षाकर्मीले नै प्रेमप्रसाद ल’ डेको देखेका थिए ।

तर, का’ रगेट रोकिएन । स्रोतका अनुसार सीटी पु’ लिसका सुरक्षाकर्मीले एक व्यक्ति आ’ गो स’ ल्काएर ढ’ लेको भन्दै प्रहरीलाई सूचना चाहिँ दिएका थिए ।स्रोतले भन्यो, ‘उच्च पदस्थको सवारीका बेला बाटोमा केही भइहाल्यो भने पनि कारगेट रोक्न नमिल्ने प्रोटोकल छ ।’

सवारी गइसकेपछि मात्रै सुरक्षाकर्मीले प्रेमप्रसादलाई जो’ गाउन प्रयास गरेका थिए । तर, त्यतिबेलासम्म उनी धेरै ज’ लिसकेका थिए । उनको शरीर ८० प्रतिशत ज’ लेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment