काठमाडौं –
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले घुस खाएर धेरै मुद्दा फैसला गर्ने गरेको खुलासा भएको छ ।
जबराले घुसबीन फैसला नगर्ने थिति बसालेको वरिष्ठ अधिवक्ता शम्भु थापाले खुलासा गरेका हुन् ।
बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा बोल्दै थापाले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन
कोइरालाको मुद्दामा चोलेन्द्रले घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाए ।
छलफलमा सहभागी भएका थापाले भने– ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद घट्छ ? त्यहाँ पैसादेखि बाहेक अरु होला त ?
आज त्यो त मेरो गल्ती भयो भनेर हुन्छ ? घुस नखाएको भए यस्तो फैसला हुने थिएन ।’
चोलेन्द्रले अन्य मुद्दाको फैसलामा पनि घुस खाएको थापाले आरोप लगाएका छन् ।
क्यासिनोका कर विवाद, एनसेलको कर प्रकरण लगायत मुद्दामा चोलेन्द्रले अनियमितता गरेको थापाको भनाइ रहेको छ ।
यो पनि पढ्नुहोस: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बर्षौदेखि हराएको टुकुचा खोला भेटाएका छन् ।
नारायणहिटी दरबारको आगनबाट बाहिरि निक्लिएको टुकुचा जयनेपाल हलबाट काठमाडौँ मलसम्म गायव पारिएको थिए । बिहीबार जय नेपाल हलको आँगनमा उत्खनन गर्दा खोला भेटियो ।
हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको छ । तर, खोलामाथि यति ठूला–ठूला भवन बनेका छन् की खोला भेट्टाउन भवन भत्काउन पर्छ ।
निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेकै छ ।
तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ ।
विहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिंदा स्थानीय वासिन्दा नै अचम्मा परे । टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा हेर्नेका भीड लाग्यो ।
दशकौं अगाडि हराएको टुकुचा खोलाको कहिले र कसले अतिक्रमण पर्यो भन्नेबारे सरकार र महानगर, नापी विभाग अनभिज्ञ छ ।
खोलामाथिको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता छन् । उनीहरुसँग लालपूर्जा छ ।
उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी खोला छ भन्ने देख्दा देख्दै त्यसमाथि नापी गर्नु नै नापी विभागको गम्भीर त्रुटिर र लापरवाही भएको बताउँछन् ।
शीरतर्फ पनि खोला छ, पुछारतर्फ पनि खोला छ, बीचमा खोला छैन भन्ने पनि हुन्छ ?’ उनी भन्छन्, ‘त्यसमाथि नै भवन बनाउन दिएर विगतमा महानगरपालिकाले पनि गल्ती गरेको हो ।’
Leave A Comment