Latest
img

आखिर भएको यस्तो रहेछ जस्ले गर्दा मंसिरमा यस्तो गर्ने योजना बनाय……..

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मै जवाफ फर्काएका छन् ।

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा दाहालले एमाले अध्यक्ष ओलीले ‘मंसिर ४ गते हेरौंला, सबै थाहा हुन्छ’ भनेका थिए ।

ओलीको उक्त भनाईको जवाफ दिँदै प्रचण्डले भने–‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौँला भनेर ।

म विनम्रतापूर्वक उहाँलाई सम्झाउन चाहान्छु, राष्ट्रिय सभा सदस्यको निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्मले सन्देश दिइसकेको जस्तो लाग्छ ।’

दाहालले अघि थपे–‘तर मलाई लागेको थियो प्रतिपक्षी दलको नेताले त यहाँसम्म आउँदा विघटन दुईदुई पटक बेकारमा गरिएछ ।

मैले स्थायित्व र विकासलाई अवरोध गरेछु । स्थायित्वलाई अस्थिरतामा लगेछु भन्नुहोला र राम्रो वातावरण बन्ला सोचेको त फेरि उहि अहंकार रु ठिकै छ मंसिर ४ गते हेर्ने, तपाइँले पनि हेर्नुहुन्छ, हामीले पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने नै हो ।’ दाहालले गठबन्धनको सरकारको बचाउ गरे ।
उनले ओलीले राष्ट्रियताको चर्को कुरा गरेपनि सरकारको नेतृत्वमा हुँदा बालुवाटारमा विदेशी गुप्तचरका प्रमुखसँग मध्यरातमा भेटेको पनि स्मरण गराए ।

यस्तै, नागरिकता विद्येयकको सवालमा पनि ओलीले दोहोरो भूमिका खेलेको दाहालको आरोप थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment