काठमाडौं: Source: www.nepalirajneeti.com
विभाजनका बेला एउटा तस्बिर आइकोनिक बनेको थियो ।
युवा नेतृ रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधवकुमार नेपाललाई हातमै समातेर पार्टी दर्ताका लागि निर्वाचन आयोगतर्फ डोर्याएको दृष्य फोटोग्राफरले कैद गरेका थिए ।
उक्त तस्बिरको विभिन्न ढंगले व्याख्याहरू भए । झाँक्रीलाई समग्र युवापुस्ताको प्रतिनिधि मानियो, जसले हिम्मतसाथ पुरानो पुस्ताको नेतालाई दिशानिर्देश गरिरहेकी थिइन् ।
आलोचकहरूले चाहिँ नेपाललाई भड्खालोमा हाल्न रामकुमारीले प्रमुख भूमिका खेलेको अर्थमा उक्त तस्बिरलाई व्याख्या गरे ।
जे भए पनि यो दृश्यमा झाँक्रीको बोल्ड चरित्र ।
नै झल्किएको थियो ।झाँक्री तत्कालीन एमालेको तेस्रो पुस्ताकी नेता थिइन् । पार्टीमा उनीभन्दा सिनियर कयौँ नेताहरू छन् ।
तर, दोस्रो पुस्ताको अधिकांश नेताहरूले नेता नेपाललाई विभाजनमा साथ नदिएपछि झाँक्री फ्रन्टलाइनमा आइन् ।
उनी नेकपा एसको ‘कि फिगर’ बनिन् । पुरस्कार स्वरूप नेपालले पहिले पार्टीमा सचिव बनाए भने पछि मन्त्रीमा सिफारिस गरे ।
हिजो हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम यक्ष प्रश्नमा मन्त्री झाँक्रीले आफुले ।
एकीकृत समाजवादीको सदस्यता नलिएको खुलासा गरेकी छिन् ।उनले भनिन्’एकीकृत समाजवादीको सदस्यता छैन, एमाले नै हुँ जस्तो लाग्छ’।
गत असोज २ गते शहरी विकासमन्त्री नियुक्त भएकी थिइन् । शहरी विकास मन्त्रालयमा मन्त्री झाँक्रीको कार्य सम्पादन सन्तोषजनक नै थियो ।
पछिल्लोसमय काठमाडौंको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र साहसँग सहकार्य गरेर उनले आफ्नो लोकप्रियता बढाएकी थिइन् ।
तर, यहीबीचमा पदबाट हात धुनुपर्दा उनी मर्माहत बनेकी छन् ।
माधव नेपाल कम्युनिष्ट सिध्याउने खेलमा लागेको भन्दै एसभित्र ब्यापक असन्तुष्टिनेकपा एकीकृत समाजवादीभित्र नेतृत्वप्रति ब्यापक असन्तुष्टि बढेको पाइएको छ ।
अध्यक्ष माधवकुमार नेपाल प्रचण्डपथमा लागेर मुलुकको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने दिशातर्फ अग्रसर भएको निश्कर्षसहित बरिष्ठ नेताहरुमै असन्तुष्टि बढेको हो ।
सो पार्टीका वरिष्ठ नेता मकुन्द न्यौपानेले नै सार्वजनिक रूपमै एमालेसँग मिल्नु पर्ने आसय को अभिव्यक्ति दिनुले ।
पनि यसको मापन गर्न सकिने राजनीतिक विश्लेशकहरू बताउँछन्
नेकपा एसका बरिष्ठ नेता न्यौपानेले हाफ्नो फेसबुक वालमा लेख्नु भएको छ, ‘एमालेबाहेकको कम्युनिष्ट एकता भन्नु नेपालमा कम्युनिष्ट सिध्याउने खेल हो ।
उहाँले यसकुरालाई थप स्पष्ट पार्दै भन्नुभएको छ ‘एमालेसहितको बामपन्थी गठबन्धनलाई अघि बढाउनु नै अहिलेको एक मात्र बाटो हो ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले केही दिनअघि वामन्थी एकताको पहल गर्ने ।
निर्णय नै गरेको थियो । तर, सो अनुसारको काम नभएपछि न्यौपानेले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नु भएको हो हुन त स्थानीय निर्वाचनको ।
परिणाम सार्वजनिक भएसँगै सो पार्टीभित्र एमालेसँग मिल्नु पर्ने आवाज उठन थालेको हो । पहिले कार्यकर्ताको स्तरबाट मात्र उठेको आवाज अहिले भने नेताहरूले नै उठाउन थाल्नु भएको हो ।
Leave A Comment