काठमाडौं ।
निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् ।
उनी ११ बजे छिरिसक्ने उनी निकट स्रोतले बताएको हो । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए ।
उनले अदालत छिर्ने तयारी गरेपछि गठबन्धनका नेताहरु ठूलो तनावमा छन् ।
जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाईएको थियो ।
हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ । महाभियोग सिफारिश समितिले भने हिजो राति ढिलैगरि भएपनि सभामुख
अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् ।
उसो त यता उनी निकट अर्को स्रोतले भन्यो, ‘संसदले महाअभियोगबारे निर्णय नगरी कार्यकाल सकिएपछि उहाँमाथि लागेको अभियोग स्वतः निष्क्रिय भएको छ।
असोज ४ गते मंगलबार उहाँ सर्वोच्च फर्किने तयारीमा हुनुहन्छ।’ जोतिषलेले ४ गते फर्किदा शुभ हुने सल्लाह दिएपछि राणा
उनले मंगलबार हाजिर हुने जनाउ सर्वोच्च प्रशासनलाई दिएका हुन्। राणाले फर्किने सन्देश पठाएपछि सर्वोच्च प्रशासन अन्योलमा परेको छ।
Leave A Comment