काठमाडौ.
बला /त्कार को आरोप लागेको आरोपित नेपाली राष्ट्रीय क्रिकेट टिमका कप्तान लामिछाने सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत खोजबिन अघि बढाएको छ ।
विभिन्न राष्ट्रका प्रहरी संयन्त्रसँग पनि उनको खोजीबारे कुराकानी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत मुलुकको भिसा छ ।
अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले उनलाई नेपालको अध्यागमनको कालोसूचीमा समेटेर अनुसन्धान गरेको छ तर त्यसबारेको गोपनीयता कायम नराखी सञ्चारमाध्यममा प्रहरी र अध्यागमनका अधिकारीले औपचारिक रूपमै धारणा दिएपछि स्थिति बिग्रिएको हो ।
केहि दिनअघि यो समाचार प्राप्त आएको थियो
तत्काल नेपाल आउने भन्दै लापत्ता भएका सन्दीप लामिछाने अर्कै देश पुगेको खुलासा भएको छ ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको बुधबार एक हप्ता बितिसकेको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत शुक्रबार जमैकाबाटै लामिछानेले सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किने बताएका थिए ।
उनले नेपाल आउने बताएपछि अध्यागनमन विभागले पनि उनलाई कालो सूचीमा राख्यो ।
नेपाल आउनासाथ पक्राउ गर्ने तयारीका साथ उनलाई कालो सूचीमा राखिएको थियो । तर, बुधबारसम्म उनी नेपाल आएनन् ।
सात दिन बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन्। उनी अहिलेसम्म पनि पक्राउ नपरेपछि उनी कहाँ गए भन्ने चासो व्यक्त भइरहेको छ।
सामाजिक सञ्जालमा उनी भागिसकेका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए।
भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पु¥याएर पटक–पटक बलात्कार गरेको आरोप उनीमाथि छ।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।
उक्त लिग भइरहँदा यता काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले यस घटनाको अनुसन्धान भइरहेको बताए।
उनले सन्दीप लामिछाने प्रहरीको सम्पर्कमा पनि नरहेको बताए। ‘उनी हाम्रो सम्पर्कमा छैनन्।
हामी पर्खेर बस्दैनौं,’ बोहराले बुधबार भने, ‘हाम्रा आफ्नै प्रक्रियाहरू छन्, त्यसमा लाग्छौं।’ प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा
औपचारिक/अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताउँदै आएको छ। इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले थप बताउन चाहेनन्।
‘अहिले नै यसो गर्दैछौं भनेर हामी भन्दैनौं। काम भइसकेपछि मात्रै भन्न सकिन्छ,’ उनले भने।
पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले सन्दीप लामिछानेलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार समेत गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा समेत राखिएको छ।
उनी कहिले र कसरी फर्किन्छन् भन्नेबारे प्रहरीलाई कुनै सूचना छैन। वेष्ट इन्डिजबाट फर्केर उनी दुबईमा आइपुगेको हुनसक्ने प्रहरीको अनुमान छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका थिए।
तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द समेत गरेको स्रोतले बताएको छ। ‘फ्लाइट बुक गरेको त रहेछ। पछि किन हो रद्द गरे। पछाडिको मितिमा सारेको देखिन्छ,’ स्रोतले भन्यो।
यसरी लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। अहिले पीडितलाई अभिभावककै जिम्मामा छाडिएको छ।
केन्यासँगको द्विपक्षीय सिरिज खेल्न त्यसतर्फ जानुअघिल्लो दिन लामिछानले एक किशोरीलाई नगरकोट घुमाएर तीनकुनेस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप छ ।
तर, लामिछानले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको जिकिर गर्दै आरोपको सामना गर्ने बताएका थिए ।
Leave A Comment