काठमाडौँ –
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्।
छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या
५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्।
उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री माधव नेपाललाई एकै घानमा पार्दै तीनकुने समस्याबारे सामाजिक सञ्जालमा लेखेका हुन्।
‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो।
आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन।
अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले सामाजिक सञ्जालमा भनेका छन्।
यो पनि पढ्नुहोस: सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ ।
सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए ।
‘सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ,’ फुँयालले भने, ‘लिटरमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्म तेलको मूल्य घटेको छ ।’ अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए ।
एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।
नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ ।
Leave A Comment