Latest
img

एमालेले गर्‍यो समानुपातिक उमेदवारको फाइनल सुचि सर्वजनिक:क-कस्को भाग्य चम्कियो ?(सुचिसहित)

काठमाडौं:

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचन लागी समानुपातिक तर्फको उमेदवारहरुको बन्द सुची फाइनल गरेको छ ।

अरु पार्टीहरुले समानुपातिक उमेदवारको नाम फाइनल गर्न नसकेर रुमलिएका बेला एमाले भने समानुपातिकको सूची फाइनल सजिलै गरेको छ ।

सबैको साझा सहमतीमा एमालेले प्रतिनिधीसभा र प्रदेश सभा दुवै तिरको बन्द सूचि तयार पारेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम तयार पारेको हो ।

सचिवालयका सदस्य सबैको एकमाना एकताका साथ समानुपातिकको बन्द सुचि तयार पारिएको एमालेले जनाएको छ ।

यी नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् ।

जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ ।

त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना,

मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् ।

समग्रमा ५७ जना महिल र ५३ जना पुरुषको नाम समानुपातिक सूचीमा रहने उपमहासचिव गुरुङले बताए ।

एमालेले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पनि तयार गरेको छ ।

समानुपातिकमा यसअघि समानुपातिबाट सांसद बनेका, प्रत्यक्षमा उम्मृेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई पनि अवसर नदिएको गुरुङले बताए ।

‘अरु पार्टीबाट आएकाहरुको हकमा भने अलि लचिलो भएका छौं’ उनले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment