काठमाडौं – नेपालीहरुको महान पर्व विजयदशमी तथा शुभ दिपावली आउन अब २ हप्ता बाँकी छ । यसै बीच कलाकारहरुले दशैं बिशेष गीत सार्वजनिक गरिरहेका छन् ।
तीजमा बिन्दु बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेको जोडी शिव अखेली र तारानाथ आचार्यको सिर्जना दशैं गीत चच हुई भर्खर मात्र सार्वजनिक भएको छ ।
यो गीतमा पनि शिवले मुटु छुने शब्द कोरेका छन् भने उस्तै सुमधुर लय समेत बनाएका छन् । गीतले गरिबको चाडपर्वको वास्तविकता गीतमा उठाएको छ ।
गीतलाई तारानाथ आचार्य र अमृता नेपालीले निकै उत्कृष्ट आवाज दिएका छन् । आचार्यको आवाजको चौतर्फि चर्चा समेत चलेको छ ।
गीतको म्युजिक भिडियो समेत राम्रो बनेको छ । गीतलाई आचार्य आफैले निर्देशन गरेका छन् भने रुबिना अधिकारी,सोनु रोयल र बुद्धि खनालले अभिनय गरेका छन् ।
गणेश सापकोटाको छायान्कन र सम्पादनमा तयार भएको यस भिडियोमा बिनिता पौडेलको श्रीन्गार रहेको छ |
Leave A Comment