Latest
img

नेपाल आयो इलेक्ट्रीक ट्याक्सी, तीन वर्षसम्म कुनै खर्च नलाग्ने (मूल्यसहित)

काठमाडौं । कमर्सियल सेग्मेन्टमा टाटाले विद्युतीय ट्याक्सी नेपाल ल्याएको छ । टाटाका सवारी नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङले विद्युतीय ट्याक्सीका लागि उपयुक्त सेडान कार एक्सप्रेस टी नेपाल ल्याएको हो ।

सरकारले विद्युतीय ट्याक्सी चलाउने योजना अनुसार आवश्यक ऐन निर्माण गरेसँगै टाटाले एक्सप्रेस टी मोडल नेपाल ल्याउने आन्तरिक तयारी सुरु गरेको थियो । त्यसको लागि सिप्रदीले छुट्टै शोरुमदेखि सर्भिस नेटवर्क तयार पारेको जनाएको छ ।विद्युतीय साधनलाई प्राथमिकतामा राखेर

सरकारले योजना ल्याएको कारण चालकहरुलाई समस्या नहोस् भनेर टाटाले सबै किसिमका सुविधा दिन सक्नेगरी ट्याक्सी ल्याउन लागेको मेरोअटोलाई बतायो ।टाटाले ट्याक्सीको रुपमा ल्याएको एक्सप्रेस टीमा ५५ किलोवाट क्षमताको मोटर र २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको छ ।

यसले १७० एनएम टर्क उत्पादन गर्छ । अटोमोटीभ नियामक संस्था एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ ।५ सिट क्षमता भएको यस ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर रहेको छ । बुट स्पेस ३१६ लिटर पाउन सकिन्छ ।

गाडीको लम्बाई ३९९३ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३२ एमएम छ । त्यसैगरी, २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।एसी र डिसी दुबै चार्ज सर्पोट गर्ने एक्सप्रेस टीलाई १५ एम्पायरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शुन्य देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

त्यस्तै, २५ किलोवाट क्षमताको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा भने ६५ मिनेट भित्र नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।मल्टी ड्राइभ मोड उपलब्ध यो गाडीमा अगाडि ह्वीलमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ । यस ईभी ट्याक्सीमा ह्वील एसिस्ट सिस्टमसँगै थप आकर्षक फिचर समावेश गरिएको छ ।

सुरक्षाका लागि यसमा ड्यूल एयरब्याग, इबीडी सहितको एबीएस, पावर विन्डो, ड्राइभर इन्फरमेसन सिस्टम दिइएको छ ।सिप्रदीले एक्सप्रेस टी मोडलको विद्युतीय कार नेपाली बजारका लागि ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरी बिक्री सुरु गर्ने तयारी थालेको छ ।

विशेष प्याकेज पाइने– कम्पनीले ईभी ट्याक्सी खरिद गर्ने ग्राहकका लागि विशेष प्याकेज समेत तयार गरेको छ । यसमा ग्राहकले ब्याट्री प्याक र मोटरमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटर वारेन्टी प्राप्त गर्नेछन् ।त्यसैगरी, कम्पनीले एक वर्षको इन्स्युरेन्स, १ वर्षका लागि रोड ट्याक्स निःशुल्क दिने छ ।

साथै, अन्य एसेसरीज, रिभर्स पार्किङ क्यामेरा,जीपीएस, फ्लोर म्याट, डोर भाइजर, मड गाड, ट्याक्सी लेखिएको डिजिटल बोर्ड, स्पेयर टायर जस्ता अत्यावश्यक सामान थप गरिदिने जनाएको छ ।गाडीको मूल्यमा नै कम्पनीले ३ वर्षसम्मका लागि आवश्यक पर्ने सर्भिस लगायतका काम प्रदान गर्नेछ । ग्राहकले अतिरिक्त रकम तिर्नु पर्ने छैन । यसले ग्राहकलाई बीचमा आउन सक्ने खर्चबाट ढुक्क बनाउने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment