काठमाडौं।
बिहीबारदेखि ज्वरो बाट थलिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ।
सचिवालयका एक सदस्यले भने, ‘ज्वरो आएको छ। उहाँ घरमै आराम गरिरहनुभएको छ। ‘ थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको हो।
पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु संक्रमण निरन्तर बढिरहेको छ। थापा अहिले घरमै आराम गरिरहेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यवस्थित गर्न दिएको सुझाव प्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै काउन्टर जवाफ फर्काएका छन् ।
आज बिहान सामाजिक संजाल मार्फत डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने माग राखेका थिए। उनले लेखेका छन्,
‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ ।
तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउककमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तीनको व्यवस्थापन गर्नैपर्छ ।’
त्यस सम्बन्धी समाचार भट्टराईले सामाजी संजाल फेसबुकमा सेयर गरेका थिए । उक्त पोष्टमा बालेनले आफ्नो जवाफ फर्काएका छन्।
बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन , ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’
उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।
जनआन्दोलनका जिउदो सहिदको उपमा पाएका घिमिरेको निधनप्रति नेपाली कांग्रेस लगायत अन्य पार्टीका नेता कार्यकर्ताहरूले समेत समवेदना ब्यक्त गरेका छन् । source: dainiknewsnepal
Leave A Comment