Latest
img

‘ब्वायफ्रेण्ड छैन, कहिल्यै केटाको हात समातेकी छैन’ भन्दै युवती रून थालेपछि…

काठमाडौं । सामाजिक सञ्जालमा एक महिलाको भावुक भिडियो भाइरल भइरहेको छ । यसमा महिलाले आफ्नो कथा सुनाउँदै आँसु झारेकी छिन् । ती महिलाले आफ्नो जीवनमा कहिल्यै प्रेमी नभएको बताएकी छिन् ।ती महिला यहीँ रोकिइनन्,

रुँदै उनले जीवनमा कुनै केटाको हात पनि समात्न नपाएको बताइन् । महिलाको यो घटनालाई लिएर मानिसहरुले फरक फरक प्रतिक्रिया पनि दिइरहेका छन् ।‘द इन्डिपेन्डेन्ट’को रिपोर्टका अनुसार भाइरल भिडियो चीनको सांघाई सहरमा बस्ने २८ वर्षीया महिलाको हो ।

जुन यो हप्ताको सुरुमा भाइरल भएको थियो। भिडियोमा देखिएकी महिलाको पहिचान भने खुलाइएको छैन । भिडियोमा यी महिला आफ्नी भाउजुसँग कुरा गरिरहेको देखिन्छ ।भिडियोमा उनी भनिरहेकी छिन्– म आफ्नो जीवनमा हरेक दिन दबाब महसुस गर्छु ।

मैले आजसम्म कसैको हात समातेको छैन । मैले सम्बन्धको बारेमा धेरै प्रयास गरे। म ब्लाइन्ड डेटमा गएँ तर माया पाउन सकिन। यो भिडियोमा महिला लगातार रोइरहेकी छिन् ।साङ्घाईमा बस्ने यी महिलाले उनको एकल सम्बन्धलाई लिएर उनका अभिभावक पनि चिन्तित रहेको बताइन् ।

यो भाइरल भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– म उनीभन्दा २ वर्ष जेठी छु, यस्तो अवस्थामा उनले कस्तो तनावको सामना गरिरहेकी छिन् । म यो बुझ्न सक्छु। अर्की महिलाले लेखेकी छिन्– ‘म पनि यस्तै अवस्थाको सामना गरिरहेको छु… मेरा अभिभावकले पनि मलाई दबाब दिइरहेका छन् ।

सन् २०१९ मा दुई चिनियाँ कम्पनीले अनौठो घोषणा गरेका थिए । त्यसपछि यी दुई कम्पनीले ३० वर्षभन्दा माथिका एकल महिला कर्मचारीले वर्षमा आठ दिन डेटिङ बिदा पाउने बताएका थिए । त्यसपछि एकल महिला कर्मचारीले यो निर्णयमा निकै खुसी व्यक्त गरेका थिए ।

यो पनि – अंगुर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादका निकै गुलियो र अमिलो हुने गर्दछ । यो एउटा रहरे फल हो । यो जन सुकै बेला पनि सेवन गर्न सकिन्छ ।अंगुर सबैलाई मन पर्ने फलफुल हो । अंगुरलाई औषधीको रुपमा प्रयोग पनि गर्न सकिन्छ भन्ने सबैलाई थाहा नहुन सक्छ ।

यसले मानिसको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुर खानाले कब्जियतको समस्याबाट टाढा राखी पाचनशक्तिलाई स्वस्थ राख्न सहयोग गर्छ ।नियमित अंगुरको सेवन गर्नाले कोलस्ट्रल कम गर्न मद्दत गर्छ ।यसको सेवनले किड्नीको समस्या समाधान गरी युरिक एसिड कम गर्न सहयोग गर्छ ।

यसको नियमित सेवनबाट छालाको सौन्दर्य, रुघाखोकी आदिबाट छुटकारा पाउन सकिन्छ । रक्तस्रावको समस्यामा एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ । घाउ, खटिरा निको पार्न पनि अंगुर सहयोगी हुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment