काठमाडौं । पुनर्निर्माणपछि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याएर काठमाडौंमा छोडिएको छ ।मेलम्चीको पानी काठमाडौंमा आइपुग्दा यहाँको ढल र पानी प्रवाह प्रणालीले थेग्न सकेको छैन । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक
मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको थियो ।त्यसपछि क्रमशः सबैतिर पठाइदैछ । पानी वितरण कार्यको पहिले परीक्षण गरेर अहिले नियमित रूपमा वितरण कार्य सुरु गरिएको छ ।यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन।
खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाएको छ ।तर पानीले यहाँको पाइप प्रणाली थेग्न सकेको छैन । पानी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमापनि थेग्न नसकेर बाहिरिएको छ ।
मुख्य प्रशासनीक केन्द्र सिंहदरबार र मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्री निवास अगाडि नै यस्तो अवस्था छ भने अहिले काठमाडौंको अवस्था कस्तो छ आँकलन गर्न सकिन्छ ।यसअघि नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने क्रममा सिंहदरबारभित्र ट्याङ्क, जार र बोतलको पानीको आपूर्ति बन्द गरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले गत बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने जानकारी दिनुभयो। उहाँले त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार सिंहदरबारमा मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट दुई सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ। सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालिएको छ।
त्यही ट्याङ्कीबाट सिंहदरबारमा पानी वितरण सुरु गरिएको हो। तर पनी बाहिरिएर सवारी आवागमनमा नै असर गरेको छ ।उहाँले भन्नुभयो, “यसअघि बोरिङको पानी वितरण गरिँदै आइएको पाइपलाइनबाट नै पानी विभिन्न मन्त्रालय र निकायमा वितरण गरिएको छ ।
अहिलेसम्मको तथ्याङ्कअनुसार २६ वटा धाराबाट पानी वितरण हुँदै आएको छ। सुरुमा ती धाराबाट नै मेलम्चीको पानी वितरण गरिनेछ। त्यसपछि पाइपलाइन थपिँदै जाने हो।” मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइप पठाइसकिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “सिंहदरबारमा ‘पिक–आवर’मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरिएको छ। प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको छ।”खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदबारमा
मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताउनुभयो। उहाँले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गर्नुभयो।
Leave A Comment