काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्। बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्र्ड प्रदान गरेको
प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए । उनका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गरेका हुन् ।‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई
आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्ड दिने घोषणा गरेको थियो ।उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए ।
अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका हुन् । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।
डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।यता गुल्मीका मोहन बस्नेत ‘वेष्ट युट्युब च्यानल अफ द इयर’अवार्ड बाट सम्मानित भएका छन् ।
ड्रिम हाई नेपालद्धारा आयोजित दोस्रो एलआईसी मिडिया अवार्डअन्तरगत यस बर्षको उत्कृष्ठ युटुब संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् ।आइतबार काठमाडौमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बरिष्ठ पत्रकार भैरव रिसालले बस्नेतलाई नगद २५ हजार सहित अवार्ड प्रदान गरेका हुन् ।
बस्नेतले विगत सात बर्षदेखि ‘नेपाल अपडेट’ नामक युटुब च्यानल संचालन गर्दै आएका छन् । उक्त च्यानलमा उनले कृषि, युवा उद्यम, दुःखी पीडित लगायतका बिषय उठान गर्दै आएका छन् । टेलिभिजन, छापा, एफ्एम् रेडियो र अनलाइन सञ्चारमाध्यमहरुमा कार्यरत
सञ्चारकर्मीहरुको पछिल्लो एक बर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । बस्नेतसँगै अन्य नौ विधामा पनि विभिन्न संचारकर्मी एवम् पत्रकार पुरस्कृत भएका छन् ।बस्नेतको सामाजिक कार्यको मुल्याकंन गर्दै ०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले
‘जनसेवा पञ्चम श्रेणी’द्धारा विभूषित गरेकी थिइन् । त्यसका साथै गत साउन १४ गते ‘नेशनल आर्टिष्ट सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । उनले युटुब च्यानलमा उठान गरेको कृषि सम्बन्धि रिपोर्ट हेरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर समेत बधाई दिएका थिए ।
०५२ सालमा गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाउँमा जन्मिएका बस्नेतले ०७२ सालमा रेसुङ्गा टेलिभिजनबाट पत्रकारिता सुरु गरेका थिए । अवार्ड प्राप्त गरेसँगै बस्नेतले सबैको साथ सहयोगका कारण यो सफलता प्राप्त गरेको प्रतिक्रिया दिए ।
Leave A Comment