काठमाडौं:
इन्जिनियर संग बिहे गर्दै सुनिता ढंगोल:काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने खबर बाहिरिएको छ ।
पारिवारिक स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।
उनी तीन चार वर्षदेखि एक जना साउण्ड इन्जिनियरसंग अफयएरमा भएको कुरा समेत आएको छ। यस बारे उनले औपचारिक जानकारी भने दिएकी छैनन्।
यो पनि: काठमाडौं महानगरपालिका चिनिया शैलीमा अघि बढेको खबरले राजधानी समेत रहेको काठमाडौं उपत्यकामा नयाँ आशा पलाएको छ ।
महानगरले टुकुचा उत्खनन अभियान जारी राखेको हो । आज पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।
टुकुचा क्षेत्र अतिक्रमण गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ ।
केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो ।
उत्खननस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन भइरहेको बताए ।
उनले महानगरपालिका विकासका लागि अघि बढीसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए ।
कामनपा चिनियाँ शैलीको विकासमा अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए ।
‘आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । महानगर चीनको देख्नुभएको छ ?
हामी चीनको महानगर स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’
आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स
प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपी महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया जारी राखेको छ ।
Leave A Comment