काठमाडौँ – अष्ट्रेलियामा छोरो भेट्न आएकी एक नेपाली आमाको विमानस्थलमै दुखःद नि’ धन भएको छ । आमाको नि’ धनले बिछिप्त छोराले श’ व नेपाल पठाउन सहयोग संकलन अभियान थालेर सबैलाई सकेको साथ सहयोग गर्न आह्वान गर्नुभएको छ ।
यस्तो छ घटना विवरण- राजु तामाङले आफ्नी आमा ठुलिकान्छी तामाङ सिड्नी विमानस्थलमा आइपुग्दा बेहोस हुनुभएको र एक घण्टा पछि उहाँको दुखद नि’ धन भएको जानकारि गराउनुभएको छ । न्यु साउथ वेल्सस्थित वागावागामा बस्दैआउनुभएका छोरा राजुलाई भेट्न काठमाडौंको सुकेधाराबाट आउनुभएकी ५५ वर्षिया आमाको नि’ धनले सिंगो तामाङ परिवार विछिप्त बनेको छ ।
मृ’ तक ठुलिकान्छीका छोरा राजुसँगको समन्वयमा यतिबेला एनआरएनए अष्ट्रेलियाले आमाको श’ व नेपाल लैजान आर्थिक संकलनका लागि गोफण्ड मी अभियान सुरु गरेको छ । यो अभियान १५ हजार डलर संकलन गरिएपछि रोकिनेछ । श’ व घर फर्काउन मद्दत खोजिरहेको यो परिवारलाई सकेको सहयोग गरेर शो’ कलाई शक्तिमा बदल्न यो लिंकमा जानुहोला ।
यो पनि – झन्डै १५ बर्षदेखि युरोपेली मुलुक अष्ट्रियाको राजधानी भियना बस्दै आएकी बाबा राजेश्वरी थापा नेपाल सरकार पर्यटन मन्त्रालयको नेपाल पर्यटन बोर्डबाट अष्ट्रियाको लागि पर्यटनदूत नियुक्त भएकी छन् ।पर्यटनदूतको पदलाई अर्को भाषामा मानार्थ जनसम्पर्क प्रतिनिधि समेत भनेर बुझ्ने गरिन्छ ।
अष्ट्रियन यूनिभर्सिटीबाट पर्यटन व्यवसाय प्रवर्द्धनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी थापा गैरआवासीय नेपाली संघ मिडिया समितिको को-चेयर, प्रवासी नेपाली मंच अष्ट्रियाकी सचिव लगायत प्रवासका विभिन्न संघ-संस्थाहरुमा सकृय र नेतृत्वदायी भूमिकामा खेल्दै आएकी छन् ।
उनी आमसंचार र पत्रकारको रूपमा पनि क्रियाशील छिन् ।उनको नियुक्तिलाई उपयुक्त पदमा सही व्यक्तिको छनौट भएको भनी प्रवासमा रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।नियुक्तिपछि उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिक्रिया दिइन् ।
यसैबीच अष्ट्रेलियामा विदेशी विद्यार्थीले आगामी जुलाई १ तारिखदेखि दुई हप्तामा ४८ घण्टा काम गर्न पाउनेभएका छन् । हिजो अष्ट्रेलियाको शिक्षा विभागले जारी गरेको सुचना अनुसार, यस अघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको छ ।
हाल को’ भिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको दुइ हप्ताको ४० घण्टे सिमा हटाईएको छ । तर, आगामी जुलाई १ देखि यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ ।पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समय सिमा लागु हुने शिक्षा विभागले जनाएको छ ।
Leave A Comment