Latest
img

बालेनले फेरि अदालतलाइ दिए कडा जवाफ:लेखे यस्तो स्टाटस, सामाजिक संजालमा भाइरल (स्टाटस सहित)

काठमाडौं:

अदालतले बालेनलाइ टुकुचा खोलालाइ लिएर फेरि रोक्ने प्रयास गरेको छ । हेर्नुहोस बालेनको जवाफ । स्टाटस अहिले भाइरल छ ।

वीर अस्पताल अगाडि रहेका टहरा (औषधि) पसल हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेक हो।

महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वत:स्फुर्त टहरा हटाउन भनेको छ। स्वत:स्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको छ।

महानगरको नगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा तत्काल हटाउन माइकिङ गरिएको बताए।

‘नक्सामा हेर्दा औषधि पसलहरु राखिएका टहरामा गार्डेन (बगैँचा) उल्लेख भएको देखियो,’ उनले भने, ‘त्यसैले त्यसलाई खाली गरेर गार्डेनकै रुपमा प्रयोग गर्नुपर्ने हुन्छ।’

महानगरले एउटा नाममा नक्सा पास गरेर अर्के प्रयोजनमा ल्याएका संरचनाहरु हटाउन ३५ दिने सुचना जारी गरेको र औषधि पसल जस्तो संवेदनशील सेवाहरु सञ्चालन भएकाले माङकिङ गरेर समय दिइएको उनको भनाइ छ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment