Latest
img

घरमा प्रहरी आएपछि पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खान भागे

ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन । आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ ।

अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो । पाकिस्तानी सञ्चारमाध्यमहरुले इमरान खान माथी मनौबैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् । इस्लामाबाद प्रहरीले ट्वीट गर्दै

उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सुचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ । टविटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन ।

हामीले इमरानलाई नभेटी फर्कनु परेको छ ।’ प्रहरी आफनो घरमा आएपछि इमरान खानले ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्वसेना प्रमुख जनरल बाजवा माथि गम्भिर रुपमा आक्रोश पोखेका छन । प्रहरी घरमा आए पछि खानको प्रतिक्रिया छ,,

‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ? यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो । इमरान खान पर्सी अर्थात मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनु पर्ने गरी एउटा अदालतको आदेश छ।

यो पनि – प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् । आईतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर,

अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयीक विषयमा छलफल गरेका छन् ।उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल गरे ।

पछिल्लो समय लघुवित्त,सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन् । बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन् ।

यता बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरुले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरु समेत सडक आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री दाहालले यी नै विषयमा सरोकारबालाहरुसँग छलफल शुरु गरेका छन् ।

छलफलमा मुख्य सचिव शंकरदास बैरागी,नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थसचिव तोयम राया,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल,नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी,लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment