Latest
img

विश्वकै सबैभन्दा वृद्ध महिलाको १२८ वर्षको उमेरमा नि’ धन

काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध महिलाको नि’ धन भएको छ । दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षकी थिइन् । उनी १८९४ मा जन्मिएकी थिइन् । उनी यसै वर्ष मे महिनामा १२९ वर्षकी हुँदै थिइन् । जोहानाका आफन्तका अनुसार उनको ३ मार्चमा मृ’ त्यु भएको थियो ।

२०२२ मा न्युज २४ सँगको कुराकानीमा उनले भनेकी थिइन्– ‘म अझै किन जिउँदै छु रु मेरा साथीहरू म’ रेका छन्। म कहिले म’ र्छु रु अझै जिउनुको अर्थ के हो रु एकै ठाउँमा बस्दा थाकेकी छु ।’ जोहन्नाका नजिकका साथीहरू आफूसँग जोहन्नाको परिचयपत्र रहेको र त्यसैको आधारमा जोहानाको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता हुनुपर्ने बताउँछन् ताकि उनी सम्मानित हुन सकून् ।

जोहन्नाले आफ्नो शरिर कडा हुन थालेको र हिँडडुल गर्न पनि गाह्रो भएको बताएकी थिइन् । उनले भनेकी थिइन्( जब म मान्छेहरु हिडिरहेको देख्छु, मलाई पनि लाग्छ कि म पनि उनीहरु जस्तै हिँड्न पाए हुन्थ्यो । मसँग एक हेरचाहकर्ता छ जो मसँग २००१ देखि छ। उनी मेरो लागि यति खास भइन् कि उनी नजिक नभएसम्म म सुत्न पनि सक्दिन।

यो पनि -सिराहाको गोलबजार नगरपालिका– ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरूसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आ’ क्रमणमा परी मृ’ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आ’ क्रमणमा गोलबजार नगरपालिका– ३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदाको मृ’ त्यु भएको हो ।

खानेकुरा पकाएर खाने क्रममा मंगलबार अपराह्न करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुईवटा हात्तीको समूहले आ’ क्रमण गरेपछि सदाको घटनास्थलमै मृ’ त्यु भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हात्ती देखेपछि अन्य भाग्न भ्याए पनि सदा भाग्न नभ्याउँदा आ’ क्रमणमा परी मृ’ त्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरूले घटनाको जानकारी दिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमान्डमा १२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राति करिब साढे १० बजेतिर श’ व पो’ स्टमा’ र्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

मंगलबार अपराह्न हात्तीको आ’ क्रमणमा युवकको मृ’ त्यु भएलगत्तै राति पुनः हात्तीको आ’ क्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको गोलबजार– ३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले बताए । वडाध्यक्ष मोक्तानका अनुसार उनको घरमा भएको क्षतिको विषयमा बुधबार बिहान प्रहरीसमेतको सहयोगमा स्थलगत अनुगमन गरिँदै छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment