काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाबीचको सम्बन्ध चिस्सिएको छ ।
कांग्रेसका सभापतिसमेत रहेको देउवा र महामन्त्री थापाबीच सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर बैठकमै भनाभन भएको खुुलेको छ ।
स्रोतका अनुुसार केही समय पहिले दुुवैबीच यस्तो अवस्था सिर्जना भएको हो ।
थापाले सुरुदेखि नै कांग्रेस १०० सिटबाट तल झरे पार्टीलाई ठूलो नोक्शा’न हुने र पार्टीभित्र आन्तरिक वि’द्रोह हुने चेतावनी दिएका छन् ।
तर, सभापति देउवाले भने गठबन्धनकै कारण पार्टी बलियो भएको र सरकारको नेतृत्व गर्न पाएको
भन्दै गठबन्धनमा आवद्ध दललाई अप’मान गरेर जान नसकिने भन्दै ८६ सिटमा सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
तर, थापाले भने ८६ सिटमा कुनैपनि हालतमा मान्न नसकिने अडान लिएका थिए । बैठकबारे जानकार कांग्रेस स्रोतको दाबी छ,
“सभापतिज्यू र महामन्त्रीज्यूबीच भनाभन नै भयो, सिटको बारेमा महामन्त्रीज्यूले १०० सिटको अडान लिनुभएको थियो,
सभापतिले कांग्रेसले मात्रै यत्रो लिएर हुन्छ ? तपाईँहरु मिल्ने कुरा गर्नुहोस भन्दै प’ड्किनुभयो ।
अहिले सभापति र महामन्त्री थापाबीच पानी बाराबारको अवस्था छ । बोलचाल नै बन्द भयो ।”
यस्तै, शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ ।
भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने बताएका छन्।
विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने
उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक स्यम्भूमा बसेको हो ।
जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।
Leave A Comment