Latest
img

रेखा थापासँगको तस्बिर शेयर गर्दै पूजा शर्माले लेखेको स्टाटसले सामाजिक सञ्जालमा तहल्का मच्चायो !

काठमाडौँ – ज्ञानेन्द्र देउजाको निर्देशन रहने आगामी फिल्ममा तीन नायिका एक साथ देखिने भएका छन् । नायिका रेखा थापाले निर्माण गर्न लागेको यस् फिल्ममा रेखाको साथै नायिका पूजा शर्मा र आँचल शर्माले स्क्रिन सेयर गर्न लागेका हुन् ।

आगामी बैशाखबाट छायांकनमा जाने फिल्मको स्क्रिप्ट सुलक्षण भारतीले लेखिरहेका छन् ।स्क्रिप्टको ‘फस्ट ड्राफ’मा काम भैरहेको जानकारी दिँदै उनले फिल्म महिलाप्रधान विषयवस्तुमा बन्न लागेको बताए । फिल्म पूर्ण कमर्शियल हुने देउजाको भनाई छ ।फिल्ममा रेखासँगै आँचल र पुजा तीनबीच प्रतिस्पर्धा हुने बताईएको छ ।

आफुलाई चरित्रको लागि अभिनेत्री रेखा थापाले तयार हुन भनिसकेकाले अहिले रेखा थापाको नयाँ फिल्मको कामको तयारीमा रहेको अभिनेत्री पुजाले बताएकी छिन् ।फिल्मको कथा निकै प्रभावशाली रहेको पनि पुजाको कथन छ । यसैबीच नायिका रेखा थापासँग काम गर्न पाउँदा निकै खुशी छु भन्दै

पूजा शर्मा लेख्छिन– पर्दामा प्रिय रेखा थापा दिदीले ‘मैले त्यही भएर मन पराको’ भनेर नृत्य गर्दै गर्दा होस् या अन्यायको विरुद्धमा समाजका खलपात्रहरुसँग लड्दै गर्दा मलाई पनि उहाँ जस्तै बन्ने रहर थियो । यस्तै यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु ।

रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दै गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनको मात्र होइन, उहाँको व्यवहारले पनि मलाई सधै प्रभावित बनाएको थियो । प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कही कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ ।

तर, फिल्म क्षेत्रमा आएर केही फिल्म गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ । तर, यो फिल्म मेरा लागि सधै बिशेष हुनेछ । रेखा दिदी र ज्ञानेन्द्र दाइलाई काम गर्ने अवसर दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु । प्रिय दर्शकसँग, अब हाम्रो भेट विशेष हुनेछ । जय नेपाली चलचित्र ।

यो पनि – घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ले मध्यपूर्वका देशमा पनि आक्रामक ओपनिङ गरेको छ ।मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज भएको ‘छक्कापञ्जा ४’लाई त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले यूएई, कतार, ओमान र बहराइनमा रिलिज गरेको हो ।

गत शुक्रबारदेखि यो फिल्म ती मुलुकका ५० पर्दामा रिलिज भएसँगै पहिलो सप्ताहन्त फिल्मको अकुपेन्सी शतप्रतिशत रहेको रमेश ढकालले जानकारी दिए ।को’ भिड १९ को महामारी पछि नेपाली फिल्मले यूएईको राजधानी अबुधाबीको इलेक्ट्रा स्टार र ओस्कार सिनेमा मल्टिप्लेक्सले पनि १०–१० भन्दा बढी शो दिएको र कतार, बहराइनसँगै ओमानका हलमा समेत फिल्मको आक्रामक ओपनिङ रहेको ढकालले बताए ।

उनका अनुसार पहिलो दिन बिहीबार नै फिल्मले बलिउड र हलिउड फिल्मको परम्परागत बजार मानिएको मध्यपूर्वमा ‘छक्कापञ्जा ४’लाई स्थानीय मल्टिप्लेक्स हलहरुले सोचे भन्दा राम्रो संख्यामा शोहरु दिएको र दुबईको १८ अडिटोरियम भएको स्टार सिनेमाज् मल्टिप्लेक्सले १२ शो दिएको छ ।

ढकाल भन्छन् ‘हाल चलिरहेका हिन्दी र अंग्रेजी फिल्ममा भन्दा छक्कापञ्जा ४ मा दर्शकको चाप उच्च देखिएको मध्यपूर्व नेपाली फिल्मका लागि ठूलो बजार बन्दैछ भन्ने स्पष्ट संकेत देखाएको छं ।’मध्यपुर्बका देशमा अनुमानित २० लाख भन्दा धेरै नेपाली रहेका छन्,

जस अनुसार नेपाली फिल्म प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका देशका मुख्य–मुख्य शहरका बिभिन्न ५० पर्दामा एकैसाथ ‘छक्का पन्जा ४’ प्रदर्शन गरिएपछि दर्शकको चाप पनि नेपाली फिल्ममै भएको ढकालले बताए ।दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायत कलाकारको अभिनय रहेको फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment