काठमाडौं । जाडो मौसम सुरु भएसँगै बजारमा सबैभन्दा बढी देखिने तरकारी भनेको सेतो रंगको मुला हो ।सलाद बाहेक यसलाई तरकारीको रुपमा पनि खाइन्छ । मूला भिटामिन ए, बी, सी, प्रोटिन, क्याल्सियम र आइरन जस्ता धेरै खनिजहरूले भरिपूर्ण हुन्छ।
यो पाचनका लागि उत्कृष्ट मानिन्छ र यसै कारणले जाडोमा मानिसहरुले यसलाई पक्कै खाने गर्छन् ।मुला स्वादिलो हुनुका साथै पौष्टिकताले भरिपूर्ण हुन्छ, तर पनि यसलाई विभिन्न खानेकुरा र पेय पदार्थ खाएको बेला भने झुक्किएरपनि खानु हुँदैन । किनकी यी चिजहरुसँग मुला खाँदा तपाईको स्वास्थ्यलाई हानि पु¥याउन सक्छ । त्यसोभए यी खानेकुराहरू बारे जानौं।
दूध- मुला खाएपछि तुरुन्तै दूध पिउनाले पाचन प्रणालीलाई बिगार्छ । यसको कारण मुलाले शरीरलाई न्यानो बनाउँछ र दूध पिएपछि यसले मुटुमा पोल्ने, एसिड रिफ्लक्स र पेट दुख्न पनि सक्छ। त्यसैले यी दुईबीच केही घन्टाको अन्तर राख्नुपर्छ ।
काक्रा – मानिसहरु सलादमा काँक्रो र मूला सँगै खाने गर्छन् । तर, के तपाईलाई थाहा छ काँक्रो र मूला सँगै खानु हुँदैन । काँक्रोमा एस्कर्बेट हुन्छ, जसले भिटामिन सी अवशोषित गर्ने काम गर्छ। त्यसैले यी दुई एकसाथ खानु हुँदैन ।
सुन्तला– एकपछि अर्को गरेर सुन्तला र मुला खाँदा स्वास्थ्य बिग्रन्छ । मुला र सुन्तलाको मिश्रण विषभन्दा कम हुँदैन भन्ने मान्यता छ । यदि तपाई पहिले देखि नै पेट सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ भने यसले तपाईको स्वास्थ्य झनै बिग्रन सक्छ।
तिते करेला- तिते करेलासँग मुला कहिल्यै खानु हुँदैन । यो तपाईको स्वास्थ्यको लागि धेरै खतरनाक हुन सक्छ। वास्तवमा यी दुईमा पाइने प्राकृतिक तत्वले तपाईको स्वास्थ्यलाई बिगार्न सक्छ। यसले श्वासप्रश्वासमा समस्या मात्र नभई मुटुका लागि घातक पनि हुन सक्छ।
चिया– चिया र मुला मिसाउनु पनि निकै खतरनाक हुन्छ । किनकि यसले कब्जियत र एसिडिटी निम्त्याउन सक्छ। मूला चिसो र चिया तातो, अर्थात् यी दुई एकअर्काभन्दा बिल्कुलै भिन्न छन् । यी दुईको संयोजन सही नहुनुको कारण यही हो ।
मूलाको अत्याधिक सेवन गर्नु पनि ठीक होइन- मूला एक उत्कृष्ट तरकारी हो । जसबाट स्वास्थ्यका लागि धेरै फाइदाहरू छन् । तर धेरै मुला खाँदा शरीरमा डिहाइड्रेसन हुन सक्छ। जब तपाई धेरै मुला खानुहुन्छ, यसले तपाईको शरीरमा अधिक पिसाब उत्पादन गर्दछ र तपाई बारम्बार बाथरुममा दौडिनुपर्छ ।
जसले शरीरमा डिहाइड्रेसन हुन सक्छ । त्यसैले मुला खानुको साथसाथै प्रशस्त पानी पिउनुहोस् ।मुला खाँदा रगतमा चिनीको मात्रा कम हुने भनिएको छ, त्यसैले यदि तपाईलाई कम रक्तचापको समस्या छ भने तपाईले यसलाई खानु हुँदैन।
Leave A Comment