Latest
img

यु– १९ क्रिकेट टिमकी कप्तान कृतिकाले गरिन अष्ट्रेलिया बस्ने केटासँग बालविवाह, होला त सजाय ?

नेपाली यु– १९ क्रिकेट टिमकी कप्तान कृतिका मरासिनी क्षेत्रीले बालविवाह गरेकी छन्। बुटवल घर भएकी १८ वर्षीया मरासिनीले काठमाडौँका अनिल रायसँग साेमबार विवाह गरेकी हुन्। नेपालकाे कानुनअनुसार २० वर्ष नपुगी गरिने विवाहलाई गैरकानुनी मानिने भए पनि कृतिकाले कानुनविपरीत अष्ट्रेलियामा बस्ने रायसँग विवाह गरेकी हुन्।

कृतिकाले क्रिकेट खेल्नकाे लागि नेपाल क्रिकेट संघ (क्यान)मा आफ्नाे जन्ममिति २०६१ जेठ १७ गते उल्लेख गरेकी छन्, जसअनुसार अहिले उनकाे उमेर मात्रै १८ वर्ष ९ महिना पुग्छ।नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानुनी मानेको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ। कसैले २० वर्ष उमेर नपुगी विवाह गर्‍यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।कृतिका र अनिलले साेमबार धुमधामका साथ विवाह गरे पनि उनीहरु र उनका कुनै पनि आफन्तहरुले तस्बिरहरु सार्वजनिक गरेका छैनन।

यो पनि – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्सलाई ३५ रनले पराजित गरेको छ।जारी लिगमा लायन्सको यो लगातार दोस्रो जित हो।वर्षाको कारण ढिलो सुरु भएको खेल १० ओभरमा छोट्याइएको थियो।

टस हारेर ब्याटिङ थालेको एसिया लायन्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९९ रन बनायो।उसका लागि मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहे।तिलकरत्ने दिल्सान २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे।

एसियाको प्लेइङमा नेपालका पारस खड्काले निरन्तरता पाएका छन् । यो खेलमा नेपालका पूर्वकप्तान पारस खड्काले ब्याटिङको अवसर पाएनन।बलिङतर्फ वर्ड जायन्ट्सका पौल कोलिङवुडले एक विकेट लिए।रिकार्डो पावेल र क्रीस गेलले समान १/१ विकेट लिए।

१०० रनको विजयी लक्ष्य पछ्याएको वर्ड जायन्ट्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ६४ रनमा समेटियो।उसका लागि क्रीस गेलले २३ र लेन्डल सिमोन्सले १४ रन जोडे।अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।बलिङतर्फ एसिया लायन्सका अब्दुल रजकले २ ओभरमा १ मेडन राख्दै २ रन खर्चेर २ विकेट लिए।

शाहिद अफ्रिदीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए। एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले पराजित गरेको थियो । जायन्ट्सले इन्डियालाई २ रनले पराजित गरेको थियो ।एसियाको प्लेइङ ११ : उपुल थरंगा, तिलकरत्ने दिलशान, मिस्बाह उल हक, अस्गर अफघान, सोहेल तनविर,

अब्दुर रजाक, शाहिद अफ्रिदी, पारस खड्का, थिसेरा परेरा, मोहम्मद हफिज र अब्दुल रजाक ।जायन्ट्सको प्लेइङ ११ : रिचर्डो पावेल, शेन वाटसन, लेन्डल सिमन्स, आरोन फिन्च, मोर्ने भान, रस टेलर, केभिन ओ ब्रायन, ज्याकक्विस क्यालिस, क्रिस गेल, मन्टी पनेसार र पल कलिङवुड ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment