Latest
img

सिभिल अस्पतालमा ठूलो संख्यामा रोजगारको अवसर

निजामती कर्मचारी अस्पताल(सिभिल) अस्पतालका लागि लोकसेवा आयोगले ठूलो संख्यामा विज्ञापन खुलाएको छ। अस्पतालमा रिक्त रहेका पदहरुमा स्थायी पदपूर्तिका लागि आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताबाट छनोटका लागि विज्ञापन खुलाएको हो ।

९ औँ तहमा ६ र आठौँ तहमा १२ पदका लागि विविज्ञापन खुलाइएको छ । त्यसैगरी सातौँ तहमा ३ जना र छैटौँ तहमा १२ जना कर्मचारीका लागि विज्ञापन गरिएको छ। सबैभन्दा धेरै स्टाफ नर्सको पदमा विज्ञापन गरिएको छ । खुल्लामा ३१ र समावेशीमा २५ गरी ५६ जना नर्सका लागि विज्ञापन खुलाइएको छ।

सबै गरी पाचौँ तहमा ७५ पदका लागि कर्मचारी माग गरिएको छ। चौथो तहमा समावेशी र महिला कोटामा गरी ४ पदका लागि विज्ञापन गरिएको छ। यसबाहेक रेडियोग्राफर, ल्याब टेक्निसियन, नर्सिङतर्फ सिस्टर, प्रशासन सयहाक, मेडिकल रेकर्डर, ओपीडी असिस्टेन्ट, फार्मेसी सहायक,

फिजियो थेपारी सहायक जस्ता पद गरी ११२ पदमा विज्ञापन खुलाएको छ । त्यसैगरी अस्पतालले अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीका लागि समेत सीमित प्रतियोगितात्मक लिखित परीक्षाका लागि समेत विज्ञापन खुलाएको छ। यसमा १० औँ तहका विशेषज्ञ देखि तहबिहीन कर्मचारीसम्मका लागि विज्ञापन खुलाइएको छ ।

जसमा १० औँ तहका विशेषज्ञ चिकित्सक ३, सिनियर रजिस्टार पदमा ९ जना चिकित्सकका लागि विज्ञापन खुलाइएको छ । आठौँ तह रजिस्टार पदमा ३४ कर्मचारी मागिएको छ । छैटौँ प्राविधिकमा ३ जना माग गरिएको छ । यसमा पनि सबैभन्दा धेरै पद स्टाफ नर्सकै छ । ८३ जना स्टाफ नर्सको पदका लागि विज्ञापन गरिएको छ ।

ल्याब टेक्निसियन २१ जना मागिएको छ । जम्मा गरी पाचौँ तहमा १२० पदका विज्ञापन खुलाइएको छ । ओपीडी असिस्टेन्टका रुपमा चौथो तहका नर्सका लागि २४ पदमा आवेदन मागिएको छ । जम्मा गरी चौथो तहमा ४३ कर्मचारी माग गरिएको छ । प्लम्बर १ र सवारी चालक ३ जनाका लागि समेत विज्ञापन खुलाइएको छ ।

उता सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई जागिरबाट हटाएको छ । पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई जागिरबाट हटाएको अस्पतालले सूचनामार्फत जनाएको छ ।

अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि अस्पतालले उनीहरुलाई सेवाबाट हटाएको सूचनामा उल्लेख गरिएको छ ।अस्पतालले बिनासूचना लामो समयदेखि अस्पतालमा उपस्थित नहुने स्टाफ नर्सहरुलाई सेवाबाट हटाएको जानकारी दिएको छ ।

यसरी कारबाहीमा परेका नर्समा ५ वर्षअघिदेखि कार्यालय नआउने नर्स समेत छन् । २०७४ चैत १ गतेबाट विदा स्वीकृत नगराइ कार्यलय नभएको अस्पतालले जानकारी दिएको छ । यसपछि २०७५ असार २२ बाट अनुपस्थित शान्ति लम्साल, २०७५ पुस १३ बाट अनुपस्थित ओमदेवि पुन,

२०७६ असोज १ गतेबाट कार्यालय नआउने सम्झना श्रेष्ठ र २०७६ फागुन १५ गतेबाट कार्यालयमा अनुपस्थित सुशिला ढकाललाई सेवाबाट वखास्त गरिएको छ । उनीहरुलाई गत पुस ३ गते गोरखापत्रमा सूचना प्रकाशन गरि अनुपस्थितिका लागि स्पष्टीकरण सोधिएको थियो । ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिएकोमा नआएको भनी अस्तपालले सेवाबाट वर्खास्त गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment