काठमाडौं । काठमाडौंका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको छ । उनी चाँडै बुवा बन्दैछन् ।विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।
निकटस्थका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् ।बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।मोरङ, उर्लाबारीकी सविना आरजे थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् ।
उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना
सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।बालेन अहिले विदेश भ्रमणमा छन् । उनी मेयर भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ बजेको फ्लाइटबाट लण्डन प्रस्थान गरेका हुन् ।
स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत गएका छन्। उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन्। मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।
यो पनि – नायिका वर्षा शिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेको एक वर्ष पनि भएको छैन। उनीहरूले गत वैशाखमा गुपचुप विवाह गरेका थिए। विवाहको १० महिनामै दुवैको वैवाहिक सम्बन्ध अन्त्य भएको छ ।
वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं।
तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम – आशिष र वर्षा।’बिचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको लख काटिएको थियो। यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्।
एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भयो। सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरियो। उनीहरूको वैवाहिक अवस्थाबारे उकेराले जिज्ञासा राख्दा वर्षाले प्रष्ट केही खुलाइनन्।
उनले ‘सामाजिक सञ्जाल पारदर्शी छ। पब्लिक रुपमा यसबारे बोल्नु छैन। जसले जे सोच्दा पनि हुन्छ। सबैलाई आफूखुसी सोच्ने स्वतन्त्रता छ,’ मात्र भनिन्। सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ।
अमेरिका घुमेर फर्किए लगत्तै नायिका वर्षाले २०७९ वैशाखमा आशिषसँग विवाह गरेको बाहिरिएको थियो। उनले इन्स्टाग्राममा तस्विर राखेर यसको पुष्टि गरिन्। पछि वैवाहिक कार्यक्रमका थप तस्विर पनि बाहिरिए। उनले अमेरिका निवासी इन्जिनियर गेलालसँग मागी विवाह गरेकी थिइन्।
परिवारबाट विवाहको कुरा आएपछि उनले अमेरिका गएर आशिषलाई भेटेकी थिइन्। पछि विवाहको योजना बनाएर दुवैले नेपाल फर्किएर विवाह गरेका थिए। विवाह भएको ४ दिनमै उनका श्रीमान आशिष वर्षालाई छाडेर अमेरिका पुगे। वर्षा ‘लक्का जवान’ फिल्मको प्रमोसनमा व्यस्त थिइन्।
फिल्म रिलिज भएपछि उनी अमेरिका गइन्। वर्षाले नेपाल फर्किए लगत्तै श्रीमानसँगको फोटो सामाजिक सञ्जालबाट हटाएकी थिइन्। सोमबार त आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विरै बाहिरियो।
Leave A Comment