Latest
img

२ महिना अगाडी नै यसकारण भएको थियो बर्षा र आशिषको सम्बन्धबिच्छेद-

काठमाडौँ – नायिका बर्षा सिवाकोटी राम्रै नाम र दाम कमाउने नेपाली नायिका हुन् । म्युजिक भिडियो र फिल्म खेले बापत राम्रै पारिश्रमिक लिनर गर्थिन । उनलाई नत म्यजिक भिडियोको कमि थियो नत फिल्म कै । तर ठिकठाक चलिरहेको बर्षाको जिन्दगीमा आएको खुसीको बर्षा भने लामी समय टिक्न सकेन ।

उनको जिन्दगीलाईनै उथल पुथल बनाईदियो ।उनको सफल करियर मा डीभोरसी नायिकाको टाग लागेको छ ।नायिका वर्षा शिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेको एक वर्ष पनि भएको छैन। उनीहरूले गत वैशाखमा गुपचुप विवाह गरेका थिए।

विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीन/चार हप्तामा वर्षा पनि अमेरिका उडेकी थिइन् । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षा र आशिषको धुमधामसँग बिहे भएको थियो ।

तर, विवाहमा वर्षा निकट फिल्मकर्मीहरु समेत उपस्थित थिएनन् । न त उनीहरुले रिसेप्सन पार्टी नै आयोजना गरेका थिए । आशिषसँग वर्षाको अमेरिका बसाईको क्रममा चिनजान भएको थियो । डेढ महिना अमेरिका बसेर फर्किएपछि उनले आशिषसँगका सबै तस्विरहरु सामाजिक सञ्जालबाट हटाइन् ।

विवाहको १० महिनामै दुवैको वैवाहिक सम्बन्ध अन्त्य भएको छ।वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं।

तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम – आशिष र वर्षा।’बिचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको लख काटिएको थियो। यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्।

एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भयो। सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरियो। उनीहरूको वैवाहिक अवस्थाबारे उकेराले जिज्ञासा राख्दा वर्षाले प्रष्ट केही खुलाइनन्।

उनले ‘सामाजिक सञ्जाल पारदर्शी छ। पब्लिक रुपमा यसबारे बोल्नु छैन। जसले जे सोच्दा पनि हुन्छ। सबैलाई आफूखुसी सोच्ने स्वतन्त्रता छ,’ मात्र भनिन्। सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ।

अमेरिका घुमेर फर्किए लगत्तै नायिका वर्षाले २०७९ वैशाखमा आशिषसँग विवाह गरेको बाहिरिएको थियो। उनले इन्स्टाग्राममा तस्विर राखेर यसको पुष्टि गरिन्। पछि वैवाहिक कार्यक्रमका थप तस्विर पनि बाहिरिए। उनले अमेरिका निवासी इन्जिनियर गेलालसँग मागी विवाह गरेकी थिइन्।

परिवारबाट विवाहको कुरा आएपछि उनले अमेरिका गएर आशिषलाई भेटेकी थिइन्। पछि विवाहको योजना बनाएर दुवैले नेपाल फर्किएर विवाह गरेका थिए। विवाह भएको ४ दिनमै उनका श्रीमान आशिष वर्षालाई छाडेर अमेरिका पुगे। वर्षा ‘लक्का जवान’ फिल्मको प्रमोसनमा व्यस्त थिइन्।

फिल्म रिलिज भएपछि उनी अमेरिका गइन्। वर्षाले नेपाल फर्किए लगत्तै श्रीमानसँगको फोटो सामाजिक सञ्जालबाट हटाएकी थिइन्। सोमबार त आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विरै बाहिरियो। छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए ।

तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ ।वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।

वैवाहिक सम्बन्ध टुटेपछि एक अनलाइनसँग कुराकानी गर्दै वर्षाले आफूहरु दुई महिनाअघि कानुनी रुपमा अलग भएको बताएकी छन् । परिवारको तर्फबाट मागेर छिटो विवाह भएकाले एकअर्कालाई राम्ररी बुझ्न नसकिएको र असमझदारीका कारण अलग भएको उनको भनाई छ । उनी चाँडै फिल्म ‘कामिनो’मा काम गर्दैछिन् । सम्बन्धविक्षेदपछि उनले यो फिल्म साइन गरेकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment