Latest
img

बालेनले निकाले अर्को ठूलो सूचना: सबैको होस उड्यो, सामाजिक संजालमा भाइरल (सुचना सहित)

काठमाडौं:

काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड) को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।

व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो।

अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आज सूचना जारी गरेर आग्रह गरेको छ।

शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ।

६ वर्गफुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ। यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ।

३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरिएको महानगरले जनाएको छ।


यो पनि: काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षकै हैसियतामा गठबन्धनको विज्ञप्तिमा

हस्ताक्षर गर्दै आएकी दुर्गा पौडेलले बुधबारदेखि विज्ञप्तिमा हस्ताक्षर गर्न छाडेकी छिन । स्रोतका अनुसार उनी मंगलबारको बैठकमा सहभागी नै भएकी छैनन् ।

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको निष्कर्ष निकाल्नका लागि बोलाएको बैठकमा जनामोर्चाका प्रतिनिधि

पनि गएनन र विज्ञप्तिमा हस्ताक्षर पनि आएन । पाँच दलीय गठन्धन भनिए पनि चार दलका नेताहरूले मात्र हस्ताक्षर गरेका विज्ञप्ति निकालेका छन ।

गठबन्धन विभाजित बनेपछि चार दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले राष्ट्रपति

भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment