पोखरा । पोखराको चिप्लेढुङ्गामा आज बिहान सवारी दु’ र्घटना हुँदा एक युवतीको ज्यान गएको छ ।आज बिहान ७ः१५ बजे सिद्धार्थचोकबाट न्यूरोडतर्फ आउँदै गरेको ग१ख ७१०८ नम्बरको पोखरा नगर बसले ग१८ प ९९८९ नम्बरको स्कूटरलाई
ठ’ क्कर दिंदा दमक नगरपालिका वडा नं. ४ झापा घर भइ हाल पोखरा-५ प्रस्याङ बस्ने २५ वर्षीया दीक्षा कार्कीको ज्यान गएको हो । बसको ठक्करबाट युवतीको घटनास्थलमै मृ’ त्यु भएको हो । उनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकरी वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । दु’ र्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो पनि जिल्ला समन्वय समिती कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बिहीवार गण्डकी प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला-सिक्लेस-दूध पोखरी सडकको १० किमी निर्माणाधिन पहिलो सडक खण्डको अनुगमनको गरेको छ।
अनुगमनका क्रममा प्रमुख पौडेलले कास्कीका कुनै पनि बिकास निर्माणका योजनामा गुणस्तर लगायतका बिषयमा जन गुनासो नआउने गरि काम समयमै सम्पन्न गर्ने सरोकारवाला निकाय लाई आग्रह गरे ।केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकारबिच समन्वय र सहकार्य अति
आबश्यक भएको भन्दै पौडेलले निर्माण कम्पनीले कुनै लापरबाही गरेको भेटिएमा तुरुन्तै खबर गर्न स्थानीय उपभोक्तालाई आग्रह गरे।बिकासका आयोजनामा जुनसुकै बेला पनि अनुगमन हुन सक्ने र कमि कमजोरी भेटिएमा तत्काल कारबाही हुने तर्फ निर्माण कम्पनी लगायत सरोकारवालाहरूलाइ ध्यानाकर्षण गराएका थिए।
अनुगमनमा जि स स कास्कीका उप प्रमुख सरिता माल ,सदस्य राजु अधिकारी ,स्थानिय जनप्रतिनिधि , प्रदेस तथा स्थानिय तह सहित प्राबिधिक र संचारकर्मीहरूको सहभागिता रहेको कास्कीका निमित्त जिल्ला समन्वय अधिकारी एबम सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिए।
Leave A Comment