Latest
img

अन्तत: फुट्ने भयो काँग्रेस: झन्डै हात हालाहाल!

काठमाडौं ।

नेपाली काँग्रेसमा समानुपातिकतर्फ टिकट बाँडफाँडले कम्पन गएको छ

संस्थापनपक्षले आफूनिकटस्थलाई मात्र सांसद बन्ने गरी सूची बनाएर निर्वाचन आयोगमा बुझाएपछि विरोध चुलिएको हो ।

जसका कारण संस्थापनइतर समूह ठूलै विद्रोहको तयारीमा लागेको छ ।

काँग्रेसको संस्थापनइतरका पदाधिकारीले पनि आफूनिकटस्थलाई सांसद बन्ने गरी सूचीमा राखेर रणनीतिक चार्तुयता देखाएका छन् ।

उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु या त आफू सूचीमा बसेका छन् या त आफ्नालाई राखेर चार्तुयता देखाएका छन् । यसले ठूलो पंक्ति आक्रोशित छ ।

संस्थापनइतरको पदाधिकारीबाहेकका नेताहरु विद्रोहका लागि डा. शेखर कोइरालालाई दबाब दिइरहेका छन् ।

उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समानुपातिक सूचीमा राखिएका नामहरुबारे चुप छन् ।

उनीहरुप्रति पनि शेखर समूहका नेताहरु असन्तुष्ट भएका छन् ।

शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएपछि गठबन्धनमा समेत तरंगित भएको छ । काँग्रेसमा विद्रोह र विभाजन भइहालेमा गठबन्धनलाई ठूलो धक्का लाग्न सक्छ ।

यसकारण राजनीति झन् जटिल बन्दै गएको छ ।

शेखर समूहले पार्टी नफुटाइहाले पनि प्रत्यक्षतर्फ देशभर विद्रोही उम्मेदवार खडा गर्ने तयारी गरिसकेको छ ।

नेविसंघको पूर्वसभापति गुरुराज घिमिरे देखि तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजङ्ग शाहीसम्मले विद्रोहको चेतावनी दिइसकेका छन् ।

उनीहरुले विद्रोहलाई रोक्न नसक्ने भन्दै आफ्ना समूहका नेताहरुलाई टिकट च्यातेर आउन भनेपछि विवाद निकै चुलिएको खुलिसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment