६८ वर्ष अगाडि आजकै दिन २०११ सालको चैत्र ४ गते दिउसोको १२ बजेर २५ मिनेट भएको थियो । गौचरमा भारतीय वायु सेवाको जहाज आइपुग्यो । चारैतिर रुवावासी र कोलाहलको आवाज सुनिन थाल्यो । जहाजको इञ्जिनको आवाज बन्द पनि भइसकेको थिएन ।
सेनाको ४० ताेपको सलामीको पहिलो ताे’ प प’ ड्कियो । जहाजको ठूलो ढोका खुल्ना साथ चाँदीको ठूलो पालकीमा राजाको श’ व बाहिर निकालियो । यो पालकी त्यही थियो, जसमा यिनै राजा बाल्यकालमा राजा हुँदा तथा शुभराज्याभिषेकमा बसेका थिए ।मानिसहरुको रुवाइ टाढा टाढासम्म सुनिन्थ्यो । महिलाहरु पनि हाय जुजु गर्दै रोइरहेका थिए ।
गौचरदेखि पशुपतिसम्म हजारौँ महिला पुरुष लामबद्ध आफ्नो प्रिय राजाको अन्तिम पटक दर्शन गर्न लालायित थिए । यो दुखद घडीमा उपत्यकाका बिसौँ हजार जनता एयरपाेर्ट आसपास आइपुगेका थिए । राजालाई विष्णुको अवतार मान्ने देशमा आफ्नो जीवनको बाजी थापेर देशमा राणाहरु एकतन्त्रीय शासन समाप्त पार्न सफल हुनुभएको हुँदा पनि यि राजा अझ बढि प्यारो भएका थिए ।
सबै नेपाली शोकमा डुबेका थिए । कतिपयले आफ्नो कपाल मुण्डन गरेका थिए ।आफ्नो अविभावकको मृ’ त्युको शो’ कमा सबैको आँखामा आँसु थियो । छालाको जुत्ता कसैले पनि लगाएनन् । कतिपयले सेतो वस्त्र नै लगाएर बसे । तेह्र दिनसम्म नुन बारे । राजा प्रति सबैको गहन आस्था यही समय देखिएको थियो ।
यता युवराज महेन्द्र कालो चश्मामा चुपचाप देखिन्थे । उनको आँखामा आँसु कसैले पनि देखेनन् । केही समयमा नै उनलाई नयाँ राजा बनाइयो । उनि पारिवारिक कर्तव्य भन्दा पनि देशको कर्तव्यको लागि शोकमा डुब्न सक्दैनथे ।श’ व पशुपतिनाथ मन्दिरको बागमतीको घाटमा पुर्याइयो ।
बागमती किनारको सबै सिँढी फूलका मालाले ढाकिएका थिए । बिस्तारै श’ वलाई बागमती किनारमा राखिएको साँपको आकृती कुँढिएको ढुङ्गामा सुताइयो । खुट्टालाई बागमतीमा छुवाइयो, ताकी मृ’ त आत्मा स्वर्ग पुगोस । यसपछि ब्राम्हणले नाभी निरको सानो टुक्रा मासु का’ टेर निकाल्यो ।
यहि तौल बरावरको सुनको सिक्का तौलिएर मासुको टुक्रालाई बागमतीको बिचमा रहेको सानो ढिस्कोमा गाडियो । त्यसमाथी दियो बालियो यसर्थ कि मृ’ त आत्माले हेर्न सकुन ।त्यसपछि निधारको ह’ ड्डीको सानो दुइ टुक्रा निकालियो । एक टुक्रालाई सुनको भाँडामा राखियो ।
यो हड्डीको टुक्रा बोकेर ब्राम्हण त्यहाँबाट रिडी जान हिड्यो । ८ दिनको पैदल यात्रा हिडेर गण्डकी नदिको बिचमा यो हड्डीलाई गाड्नु पर्नेछ । अर्को टुक्रा अर्को सुनको भाडामा राखियो र यसलाई अलग्गै राखियो । यसपछि यता ब्राम्हणबाट श’ व जलाउने कर्मकाण्ड गर्न थाल्यो ।
मुख्य ब्राम्हणको रुपमा काशीबाट ल्याइएका श्रीकृष्ण भट्ट नै प्रमुख ब्राम्हणको रुपमा थियो । बिगत एघार दिन देखी उनको बिशेष सत्कार दरवारमा गरिएको थियो । राजाको पलङमा सुत्ने राजाको कपडा लगाउने राजालाई मनपर्ने खाना भान्सामा बिशेष रुपले पाक्थ्यो ।
यो सबै श्रीकृष्ण ब्राम्हणको अहोभाग्य झै लाग्थ्यो । तर कमैलाई थाहा हुन्थ्यो । उनको भोजनमा स्वर्गारोहण भएका राजाको ज’ ल्दै गरेको श’ वको निधारबाट निकालिएको सानो हड्डीको टुक्रालाई पि’ सेर उनको खानामा मिसाइन्थ्यो ।यो कर्म राजाको स्वर्गारोहण पछि किन गर्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख गरेको भेटिदैन ।
तर काट्टो खाने नाममा राजाको श’ वबाट निकालिएको हड्डीको थोरै धुलोलाई खानामा मि’ साएर खुलाउने गर्दा मृ’ त आत्माले दरवारमा दुख दिदैन भन्ने बिश्वास थियो । यसरी मृ’ त राजाले झै दरवारमा रहदा मृ’ तात्मा ब्राम्हणमा सर्ने र पुण्य प्राप्त हुने मान्यता थियो ।
तेह्र दिन बितेपछि काट्टो खाने ब्राम्हणलाई यथासक्य खुशी बनाएर २०००० नगद तथा २ लाखको जिन्सी, दुइवटा हात्ती र एक सजाइएको घोडा उपहार दिएर बिदा गरियो । अन्तिम दिन ब्राम्हण राजाको पोशाक लगाएर हात्तीमा चढेर थानकोट कटाइएको थियो । यसरी राजाको काट्टो खाने ब्राम्हणलाई राज्यबाट र जातबाट निकालिने गरिन्थ्यो ।
यस्ता ब्राम्हणले पछि कर्मकाण्ड गर्न पाउदैनथे ।हात्तीमा चढेर थानकोट जाने क्रममा बाटो भरि केटाकेटीहरु गिज्याउथे । काट्टो खाने ब्राम्हण भनेर गिज्याएका थिए । साथै नेवा: बच्चाहरु ढुङ्गाले हान्ने पनि गर्दथे । बिदेशी पत्रकारहरु पनि यो अनौठो प्रक्रिया हेरेर बसेका थिए ।
राजाको काट्टो खाने प्रचलन कहिलेबाट भयो भन्ने कुनै जानकारी नभए पनि पृथ्वीनारायण शाहको काट्टो भने खनाल थरका नेपाली ब्राम्हणले खाएका थिए भन्ने लिखौट भेटिएको छ । तर पछि कुन समय देखी काशीका भट्टलाई ल्याइयो कुनै उल्लेख भेटिदैन ।तर राजा त्रिभुवनको काट्टो भने काशीबाट ल्याइएका श्रीकृष्ण भट्टलाई खुलाइयो ।
त्यसपछि राजा महेन्द्रको समयमा पनि काट्टो खाने ब्राम्हण काशीबाट नै ल्याइयो । राजा महेन्द्रको काट्टो श्री गणेश भट्टलाई खुवाइएको थियो । तर राजा वीरेन्द्रको समयमा भने काठमाडौ गौशाला बस्ने दुर्गाप्रसाद सापकोटालाई र दिपेन्द्रको समय देवीप्रसाद आचार्यलाई काट्टो खुवाइयो । तर अब ब्राम्हणले कहिल्यै राजाको काट्टो खानुपर्ने छैन ।
Leave A Comment