Latest
img

Breaking: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा यु’ द्ध अ’ पराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।उनीमाथि १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । तर आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।

मस्कोले आइसिसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अ’ पमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुनुभएको छ ।

रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना भने छैन । उक्त अदालतको आदेश रसिमा कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि यस वारेन्टले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा भने असर पर्नसक्छ ।अन्तर्राष्ट्रिय फौ’ जदारी अदालतको सदस्यता लिएका विश्वका १ सय २३ सदस्य राष्ट्रहमा पाइला राखेमा पुटिनलाई पक्राउ गर्न सकिनेछ ।

आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताउनुभएको छ ।यु’ द्धग्र’ स्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलाई ऐतिहासिक निर्णय भन्दै स्वागत गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तर्राष्ट्रिय जगतमा भने तरङ्ग पैदा गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी

समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौ’ जदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गर्नुभएको छ । राष्ट्रपति पुटिनले युक्रेनमा यु’ द्ध अ’ पराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसङ्गत’ भन्नुभएको छ । अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment