Latest
img

बजाज समूहका प्रमुख निरज बजाजले किने चार अर्बको फ्ल्याट, कति छ उनको सम्पत्ति ?

काठमाडौं । सपनाको सहरका रुपमा चर्चित भारतको मुम्बई फेरि एकपटक चर्चामा छ । किन नहोस्, मुम्बईमा भारतकै सबैभन्दा महँगो फ्ल्याट बिक्रि भएको छ । यो फ्ल्याटको मूल्यले आम मानिसदेखि विशेषसम्ममा तरंग मच्चाएको छ ।

दक्षिण मुम्बईको वाल्केश्वर क्षेत्रमा रहेको आवासीय रियल इस्टेट लोढा मालाबार प्यालेसको पेन्टहाउस फ्ल्याट २५२ करोड भारु (चार अर्ब रुपैयाँ बढी) मा बिक्री भएको छ। फ्ल्याट किन्ने कोही आम मानिस होइनन भन्ने स्पष्ट छ । चर्चित उद्योगपति तथा बजाज समूहका प्रर्र्वद्धक नीरज बजाज २५२ करोडमा ट्रिपलेक्स फ्ल्याट किनेका हुन् ।

यसअघि वेलस्पन ग्रुपका बीके गोयन्काले मुम्बईमै २४० करोडमा पेन्टहाउस किनेका थिए । अब झनै महँगो फ्ल्याट किनेर नीरज बजाज भारतकै महँगो फ्ल्याटको मालिक बनेका छन् । बजाज र म्याक्रोटेक डेभलपर्सबीच १८ हजार स्क्वायर फिटको फ्ल्याटको सम्झौता भएको छ ।

बजाज समूहका प्रवर्द्धक नीरज बजाज एसियाकै धनी व्यक्तिमध्ये एक हुन् । उनको जन्म सन् १९५४ मा भएको थियो । उनको प्रारम्भिक शिक्षा क्याथेड्रल र जोन कन्नन स्कूलमा भएको थियो। उनले सिडेनहम कलेजबाट अर्थशास्त्रमा स्नातक गरे। उनले हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेका छन् । उनी बजाज समूहका प्रमुख हुन् ।

नीरज बजाज बजाज समूह अन्तर्गतको स्टेनलेस स्टील उत्पादन कम्पनी मुकन्द लिमिटेडका अध्यक्ष र एमडी हुन्। यसबाहेक बजाज अटो, बचराज एन्ड कम्पनी र जमनालाल सन्सको कमाण्ड पनि नीरज बजाजसँग छ । बजाज अटो, बजाज एलियान्ज र जनरल इन्स्योरेन्स सबै नीरज बजाजको नेतृत्वमा छन्।

नीरज बजाज व्यापारका साथै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट छन् । उनी टेबल टेनिसका च्याम्पियन खेलाडी हुन् । उनले ४ पटक च्याम्पियनसिप जितेका छन् । टेबल टेनिसमा उनले सातपटक भारतको प्रतिनिधित्व गरिसकेका छन् । उनले खेलकुदका लागि अर्जुन अवार्ड पनि पाएका छन् ।

बजाज समूहमा ५० हजारभन्दा बढी कर्मचारी रहेका छन् । कम्पनीको मार्केट क्याप ९०००० करोड भारतीय रुपैयाँ छ। नेटवर्थको कुरा गर्दा फोर्ब्सको सूची अनुसार उनको कुल सम्पत्ति ६५ हजार करोड रुपैयाँ छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment