काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेतृ तथा अभिनेत्री सोनाली फोगाटको नि’ धन भएको छ । जानकारी अनुसार उनी आफ्ना केही कर्मचारीसँगै गोवा गएकी थिइन्, त्यहाँ उनको मृ’ त्यु भयो ।उनको मृ’ त्युको कारण हृदयघात भएको आशंका गरिएको छ ।
सोनाली ४२ वर्षकी थिइन् । हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले सोनाली फोगाटको नि’ धनप्रति दु:ख व्यक्त गरेका छन् ।उनले ट्वीट गर्दै लेखेका छन्, ‘भाजपा नेतृ श्रीमती सोनाली फोगाटजीको अचानक नि’ धन भएको अत्यन्तै दुखद खबर प्राप्त भयो ।
दिवंगत आत्मालाई भगवानले आफ्नो चरणमा स्थान प्रदान गरून् र शोक सन्तप्त परिवारजनमा यो अपूरणीय क्षति सहन सक्ने शक्ति प्रदान गरून् ।’टिकटक स्टारका रुपमा चर्चामा आएकी सोनालीको परिवारमा छोरी छिन् । सन् २०१६ मा उनका श्रीमान सञ्जय फोगाटको शंकास्पद परिस्थितिमा मृ’ त्यु भएको थियो ।
हरियाणाको पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदीप बिश्नोईको विरुद्धमा उम्मेदवार बनाएको थियो । तर उनले चुनाव हारेकी थिइन् ।अहिले कुलदीप बिश्नोई कांग्रेस छोडेर भाजपामा प्रवेश गरेका छन् । हालै उनलाई कुलदीप बिश्नोईले पनि भेटेका थिए ।
सोनाली फोगाट रियालिटी शो बिग बोस १४ मा पनि सहभागी भएकी थिइन् ।सोनाली फोगाट टिकटकबाट धेरै लोकप्रिय भइन् र लाखौं फलोअर्स पनि बनाएकी थिइन् । तर गलवान घटनापछि भारत सरकारले टिकटकमाथि प्रतिबन्ध लगायो ।त्यसपछि सोनाली फोगाट भाजपा रोजेर राजनीतिमा आइन् ।
तर आदमपुरमा हरियाणा विधानसभा चुनावमा, उनले कांग्रेसका दिग्गज नेता एवं पूर्व मुख्यमन्त्री भजन लालका छोरा कुलदीप बिश्नोईको सामना गर्नुपरेको थियो ।उनी चुनाव हारे पनि चर्चामा रहिन् । सन् २०२० मा चुनाव हारेपछि उनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
त्यो भिडियोमा उनी एक पुरुषमाथि हातपात गरिरहेकी थिइन् ।उक्त भिडियोमा कु’ टपिट गर्ने व्यक्ति हिसारको एक अनाज बजारका अधिकारी थिए । सोनाली अनाज मण्डी किसानका केही समस्या लिएर त्यहाँ पुगेकी थिइन् । त्यसबेला विपक्षी दलहरु मात्रै नभएर अन्य व्यक्तिले पनि सोनालीको निकै आलोचना गरेका थिए ।
बिग बोस १४ को हिस्सा रहेकी सोनालीले त्यहाँ पनि धेरै चर्चा कमाइन् । त्यहाँ रहँदा धेरै मानिससँग उनको झ’ गडा पनि भयो । सोनालीमाथि दुर्व्यवहारको आरोप पनि लागेको थियो । शो पछि बिग बोसकी विजेता रुबिना डिलाइकसँगको उनको झ’ गडा भयो, जुन निकै चर्चामा थियो ।
Leave A Comment