Latest
img

रिसाएकी श्रीमतीलाई फकाउन खोज्दा करोडपति बने

काठमाडौं । अस्ट्रेलियामा एक पुरुषले आफ्नी श्रीमतीको असन्तुष्टिबाट करोडौं डलर कमाए । आफ्नी रिसाएकी श्रीमतीलाई शान्त पार्न ती व्यक्तिले एउटै नम्बरहरू प्रविष्ट गरेर दुईवटा लटरी टिकटहरू किने । यसपछि दुवै टिकटमा उनको ज्याकपोट लाग्यो र उनले

२० लाख अष्ट्रेलियन डलर (साढे १७ करोड रूपैयाँ) पाए ।वास्तवमा, श्रीमानले एक हप्ता अघि लटरीको टिकट किनेका थिए। टिकटमा श्रीमतीले उल्लेख गरेको नम्बर राख्नुको सट्टा आफ्नो दिमागमा आएको नम्बर राखेका थिए, जसका कारण श्रीमती निकै आक्रोशित भइन् ।

आक्रोशित श्रीमतीलाई शान्त पार्न श्रीमानले अर्को हप्ता दुईवटा चिठ्ठाको टिकट किनेर दुवैमा एउटै नम्बर राखेर ड्रका लागि पेस गरे ।सोमबार श्रीमान श्रीमती दुबैलाई २० लाख अष्ट्रेलियन डलर प्रदान गरिएको छ । न्युज डटकम डटएयुका अनुसार, चिठ्ठा जितेपछि ती व्यक्तिले भने,

‘दुई टिकटमा एउटै नम्बर किन राखें भन्ने कथा निकै रमाइलो छ । गत हप्ता मैले टिकटमा मेरी श्रीमतीको नम्बर राख्न बिर्सें। यो कुरामा उनी मसँग रिसाएकी थिइन् । त्यसैले यो हप्ता मैले सोचे कि यसको क्षतिपूर्तिको लागि, म उनको नम्बर दुई पटक ड्र मा राख्छु।’

आफ्नी श्रीमतीले ३० वर्षदेखि एउटै नम्बर चिठ्ठामा हालेर भाग्य आजमाइरहेको ती व्यक्तिले बताए । अब श्रीमतीको अथक प्रयासले सार्थकता पाएको छ र दुबै टिकट ज्याकपटमा परे। तर, श्रीमानले उल्लेख गरेको नम्बरबाट एकको सट्टा ड्रका लागि दुईवटा टिकट बुझाएको श्रीमतीलाई थाहा थिएन ।

ती व्यक्तिले भने, ‘आज बिहानदेखि नै टिकटमा ज्याकपट होस् भनी प्रार्थना गरिरहेकी थिइन् र हामीले एउटा टिकटमा १० लाख डलर जितेको थाहा पाएपछि अर्को टिकटको बारेमा पनि बताउने सोचेँ । म विश्वास गर्न सक्दिन, हामीले यति ठूलो रकम जितेका छौं।

पति र पत्नी यो पैसाले आफ्नो परिवारलाई मद्दत गर्न चाहन्छन्। श्रीमतीले भनिन्, ‘यो पैसाले घर किन्न सक्छु । यो पैसा म मेरा छोराछोरी र नातिनातिनाको भविष्यमा पनि खर्च गर्नेछु । न्यूयोर्क पोस्टका अनुसार १८ लाख ४५ हजार मानिसमध्ये एकजनाले चिठ्ठा जित्ने सम्भावना छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment