काठमाडौं: source: https://lalmoharnews.com/2002/23/09/2022/
टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड
भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।
उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।
अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् ।
यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौंका मेयर बालेन शाहले टुकुचाको बारेमा एउटा कविता लेखेका छन् ।
बिहिबार साँझ सामाजिक संजालमा टुकुचा हराएको छैन भन्दै कविता लेखेर मेयर शाहले शेयर गरेका छन् ।
उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएपछि
बुधबार अदालतलाई प्रश्न गरेका बालेनले आज कविता शेयर गरेका हुन् । उनको लेखेका छन् -‘ उ हराएको छैन , उ बगिरहन्छ,
हाम्रो लाश बहेसम्म, निरन्तर, निर्बिरोध, निर्दोष, यो धर्ति आकाश रहेसम्म। ‘
स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण नबुझाउने उम्मेदवारहरुबाट निर्वाचन आयोगले २४ अर्ब रुपैयाँभन्दा धेरै जरिवाना असुल्ने भएको छ ।
निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्छ ।
देशभरका सात सय ५३ स्थानीय तहबाट उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारको संख्या नै एक लाख नाघेको छ ।
आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिएर खर्च विवरण नबुझाएका एक लाख २३ हजार ६ सय ५० जना उम्मेदवारबाट २४ अर्ब ६३ करोड ८८ लाख रूपैयाँ असुल्ने भएको छ ।
‘आगोगले जरिवाना तिर्नका लागि सबैलाई ताकेता गरिसकेको छ’, आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने,
जरिवानाको रकम २४ अर्ब नाघ्ने हिसाब छ । हालसम्म हामीलाई २१ हजार तीन सय ८९ जना उम्मेदवारको मात्रै खर्च विवरण प्राप्त भएको छ ।
बाँकी नतिर्नेलाई जरिवानासमेत तोकिएको छ ।’
प्रवक्ता पौडेलका अनुसार हालसम्म जरिवाना तिर्ने सूचीमा परेका तीन जनाले मात्रै आयोगमा जरिवानावापतको रकम बुझाएका छन् ।
अन्य उम्मेदवारले ६ महिनाभित्रमा जरिवानावापतको रकम दाखिला गर्नुपर्छ’, पौडेलले भने’, नियम सबैका लागि हो, छुट कसैलाई पनि हुँदैन ।
’ जरिवानामा पर्नेहरूले ६ महिनाभित्र आयोग कार्यालयको कोड नम्बर २१२००३५०१ राजस्व शीर्षक नम्बर १४३१२ मा रकम दाखिला गर्नुपर्नेछ ।
यसरी रकम जम्मा गरेको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा दिनुपर्नेछ ।
त्यस्तै तोकिएको समयावधिभित्र निर्वाचित जनप्रतिनिधिले जरिवना नबुझाए पद खारेज हुने निर्वाचना आयोगले जनाएको छ ।
अन्यको हकमा भने जरिवाना नतिरे ६ वर्षसम्म कुनै पनि निर्वाचनमा सहभागिता जनाउन नपाउने आयोगले जनाएको छ । कसले कति जरिवाना तिर्दैछन ?
Leave A Comment