फिल्म ‘कामिनो’मा वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । प्रदीप खड्कालालाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्म ‘कामिनो’का लागि सिवाकोटीले अभिनय गर्ने बताइएको छ ।मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता
सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् ।केही दिनमा कागजी सम्झौता हुने बताइएको छ । विवाहपछि उनले गर्ने नया फिल्म भनेको नै ‘कामिनो’ रहने छ । वर्षाले लेखक महेश दवाडीबाट स्क्रिप्ट समेत सुनिसकेकी छन् ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने ‘कामिनो’को स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ ।
स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ । आगामी चैत्र तेश्रो साताबाट फिल्मको छायाकंन हुने छ ।फिल्मकै लाग ि प्रदीपले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरेका हुन् । ‘क्यामिनो’को औपचारिक घोषणाअघि उनले ग्रहशान्तिको पूजाआजा गरेको जानकारी गराएका हुन् ।
इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै उनले यो फिल्मका लागि आफूलाई पहिलेजस्तै साथ दिन सबैलाई आग्रह गरेका छन् । उनले भनेका छन् ‘भाग्य र मेहनत दुवै एकसाथ अघि बढ्छन् । यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ ।
यो पनि – रुकुममा आयोजना भएको एक महोत्सवमा सहभागी हुन केही दिन अगाडि नायक पल शाह हेलिकप्टर चार्टर गरेर पुगे । हवाइजहाजमा नआउने बताएपछि आयोजकले पल शाहलाई हेलिकप्टरमा लग्यो । उनलाई हेर्नका लागि दर्शकको भीड पनि लाग्यो ।
एक बर्ष लामो जेल जीवन बिताएर फर्किएका कारण पनि पल शाहमाथि दर्शकको उत्साह देखिएको छ । पल शाह जेलबाट बाहिर निस्किएपछि उनलाई हेर्नेको भीड कारागार बाहिरदेखि एयरपोर्ट हुँदै महोत्सवसम्म देखिएको छ । तर, अब उनले यो भिडलाई हलसम्म ल्याउन सक्छन् या सक्दैनन् त्यो भने परिक्षा हुन नै बाँकी छ ।
नायक आर्यन सिग्देल पनि पलपछि रुकुममै आयोजना भएको महोत्सवमा पुगे । काठमाडौं बाहिर आर्यन यसअगाडि पुग्दा पनि दर्शकको बाक्लो भीड लागेको छ । आर्यनले आज आफू दर्शककै कारण यो स्थानमा रहेको उल्लेख गरेका छन् । तर, आर्यनका फिल्मले भने हलमा दर्शक बटुल्न सकेका छैनन् ।
आर्यन निरन्तर असफल फिल्मका कारण समस्यामा छन् । महोत्सवमा देखिएको क्रेज हलमा देखिएको छैन । यस्तो समस्या नायक राजेश हमालले पनि भोगिरहेका छन् । हमाल पनि कुनै महोत्सवमा पुग्दा दर्शकको ठूलो भीड लाग्छ । तर, उनका फिल्मले पनि
हलमा दर्शक तान्न नसकेपछि विगत ५ बर्षदेखि उनले पनि फिल्ममा काम गर्न नै सकिरहेका छैनन् । हलमा दर्शक नहुने, तर महोत्सवमा भीड लाग्ने कारण के होला ? हल बाहिर देखिएको भिडलाई हलसम्म तान्न कलाकारले पनि मिहिनेत गर्नुपर्ने देखिन्छ ।
Leave A Comment