Latest
img

नेपाली राजनीतिमा ठुलै हंगामा: गठबन्धनभित्र मच्चियो भयङ्कर खैलाबैला (अब के होला?)

काठमाडौं:

उम्मेदवारले छबिसपाथिभेरामा हार व्यहोर्नुपर्‍यो। अझैं हामीले गठबन्धनलाई सहयोग गरि बस्नु?,’

नेपाली कांग्रेस छबिसपाथिभेराका गाउँकार्यसमिति सभापति पाण्डव थापा भन्छन्।

यस्तै नेविसंघ जिल्ला कार्यसमिति बझाङ सभापति दिपक भण्डारी भने गठबन्धनका नेताहरूले आगामी दिन युवा पंक्तिलाई कसरी आश्वस्त पार्छन त्यसैमा चुनावी नतिजा निर्भर रहने बताउँन्।

उनी थप्दै भन्छन्, ‘अहिले गठबन्धनका साझा उम्मेदवार भएर आउने भानुभक्त जोशी हिजोका एमाले हुन्।

अब समाजवादी भएर लड्दैछन्। उनले विगतमा मौका पाउँदा के गरे भन्ने महत्वपूर्ण हुन्छ। कांग्रेसभित्र उम्लिएको ज्वालाजस्ता नेता कार्यकर्ता

छन् कतिखेर के गर्छन् थाहा हुँदैन। त्यसैले गठबन्धनका उम्मेदवार जित्ने हार्ने हामी अहिले आँकलन गर्न सक्दैनौं।’

नेकपा माओवादीले भने पाँच दलीय गठबन्धनकै सर्कुलर अनुसार अगाडी बढ्ने जनाएको छ। माओवादीका युवा नेता तथा जयपृथ्वी नगरकमिटी इन्चार्ज नरेन्द्र खड्का भन्छन्।

‘कांग्रेसभित्र के हुन्छ थाहा छैन तर नेकपा माओवादी केन्द्रका ९० प्रतिशतले गठबन्धनलाई नै सघाउँछन् पार्टीले निर्णय गरिसकेपछि।’

यता नेकपा एकीकृत समाजवादी भने प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ लगभग टिकट पाइसकेका नेता तथा पूर्व वनराज्यमन्त्री भानुभक्त जोशी एक्लै पनि बलिया उम्मेदवार भएको दाबी गर्छन्।

समाजवादीका एक नेता भन्छन्, ‘जुन लक्ष्य उद्देश्य राखेर गठबन्धन गरियो। त्यसलाई पुरा गर्न र संविधानको रक्षार्थ एक हुनैपर्छ।

केन्द्रीय सर्कुलर अनुसार अघि बढ्नैपर्छ तर हैन हामी विद्रोह गर्छौ। हामीले टिकट पाएनौं किन सहयोग गर्ने भन्ने भयो भने पनि समाजवादी भर्खरै स्थापना भएको पार्टी भए पनि जितेर छोड्छ।

विगतमा समाजवादीले सबैभन्दा इमानदारिता देखाएकै हो। अझैं देखाउँछ।’

यता बझाङमा एक्लै चुनावी मैदानमा होमिन लागेको नेकपा एमाले भने अहिले चुनावी विषयमा मौन बसेको छ।

एमालेबाट विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता ऐन महर र निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी आशा कुमारी बिक मध्ये एक जनाले टिकट पाउने लगभग पक्का भएको बालकोट स्रोत बताउँछ।

महरले स्थानीय तह चुनाव अघिबाट गृह जिल्लामा निकै सक्रियता देखाएका छन्।

विध्यार्थी राजनीतिबाट विगतमा देशभरि चिनिए पनि जिल्लाभित्र उनको कमजोर पहुँच रहेको भन्ने टिकाटिप्पणी भइरहेका बेला उनले आफूलाई जनस्तरमा लैजान प्रयास गरिरहेका छन्।

आफू युवा भएको र केन्द्रस्तरमा आफ्नो राम्रो पहुँच भएकाले आफूले जित्ने पक्का भएको महर दाबी गर्छन्।

यता आशा कुमारी बिकले पनि आफ्नो जिल्लामा राम्रै पहुँच भएको र जनस्तरमा आफू पहिले देखिनै राम्रो पहिचान भएको नेताका रूपमा स्थापित भएको बताउछिन्।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment