काठमाडौं । सेलिब्रेटीको व्यक्तिगत जीवनबारे सार्वजनिक चासो हुनु स्वाभाविक हो । अक्सर उनीहरूका लवाइखवाइदेखि सम्बन्धसम्मका विषयमा चर्चा र चियोचर्चो चलिरहन्छन् ।केही समयअघि पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको प्रेम सम्बन्ध टुटेको विषय चर्चाको विषय बन्यो ।
अहिलेसम्मका मिस नेपालमध्ये पृथक छवि बनाउन सफल श्रृंखला र भ्लगर सिसन केही वर्षदेखि डेटमा थिए । तर खै केले हो, प्रेमिल जहाजलाई सुरक्षित अवतरण गराउन भने उनीहरू चुकेको र्युमर अहिले यततत्र छ ।सम्बन्धमा आएको दरारको संकेतचाहिँ सबैभन्दा पहिले उनीहरू आफैंले दिएका थिए,
इन्स्टाग्राममा एकअर्कालाई ‘अनफलो’ गरेर । श्रृंखलाले यसबारे मुख नखोले पनि सिसनले घुमाउरो स्ट्याटसमार्फत हल्लाहरू सत्य भएको संकेत गरिसकेका छन् ।सिसनसँगको ब्रेकअपको हल्लालगत्तै श्रृंखला फेरि अर्को सम्बन्धका कारण चर्चामा आएकी छन् ।
ब्याक टु ब्याक चर्चामा आउँदा यसपटक उनको नाम कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियापुत्र सम्भव सिरोहियासँग जोडिएको छ । चर्चाअनुसार, श्रृंखला र सम्भवबीच माया प्रेम झाँगिएको छ ।यसैबीच, सम्भव अमेरिकाको हार्वड विश्वविद्यालयअन्तर्गतको
हार्वड बिजनेस स्कुलमा सम्भव भर्ना भएका छन् । सम्भव स्वयंले इन्स्टाग्राममा तस्बिर पोस्ट् गर्दै यसबारे जानकारी दिएका छन् ।अध्ययनमा आफ्नो बेजोड रूची भएको बताउँदै उनले यसलाई थप परिस्कृत गर्नका लागि आफू हावर्ड बिजनेस स्कुलमा एक वर्षको कोर्षमा भर्ना भएको जनाएका छन् ।
हाल अमेरिकामा रहेका सिरोहिया कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको ‘मुभर्स एण्ड सेकर्स’ (एमएण्डएस) का प्रमुख कार्यकारी अधिकृत हुन् । सम्भवले बताएअनुसार, आगामी सेप्टेम्बरबाट उनले त्यहाँ वरिष्ठ कार्यकारीसम्बन्धी कोर्सको अध्ययन थाल्नेछन् र यो क्रम एक वर्ष चल्नेछ ।
हार्वड विश्वका प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हो । सहरी विकास विषयमा स्नातकोत्तररत श्रृंखला पनि हाल यही विश्वविद्यालयमा अध्ययनरत छिन् ।श्रृंखला र सम्भवबीचको प्रेम सम्बन्धको चर्चा हुनु र यहीबीच एउटै शैक्षिक संस्थामा जोडिनु नेपाली उखान बाघ कराउनु र बाख्रा हराउनु भनेजस्तो मात्र हो कि अरू केही ?श्रृंंखला, अब त अति भो । लौ न मुख खोलौं !
Leave A Comment