काठमाडौं । हाँस्य टेलिश्रृखला ‘हल्का रमाइलो’मा निकै रुचाइएकी पात्र हुन्, इष्टु कार्की उर्फ नेप्स । पर्दामा मरिचमान श्रेष्ठ उर्फ बल्छीसँग उनको जोडी निकै जम्यो , जुठेमा जुनकिरी र जुठेको जस्तै ।हल्का रमाइलोमा अधिक रुचाइएको भए पनि खै किन हो, नेप्स केही भाग खेलेपछि भने एकाएक गायब भइन् ।
एक दुई भागमा नदेखिँदा खासै नोटिस भएन । तर जब उनको ठाउँमा अर्की कलाकार रिप्लेस भइन्, त्यसपछि बल्ल भेद खुल्यो नेप्स अलग भएकी रहिछन् भनेर ।सिरियलमा आउनुपूर्व थिएटरमा नाटक खेलेर खारिएकी भए पनि इष्टुको परिचय फराकिलोचाहिँ हल्का रमाइलोले नै पारेको थियो ।
सुनिएअनुसार, इष्टु व्यवस्थापनसँगको असमझदारीका कारण ‘नेम’ र ‘फेम’ दिएको सिरियलबाट बाहिरिएकी हुन् ।इष्टु बाहिरिएपछि बल्छीले अर्की प्रेमिका पाइसकेका छन् । हल्का रमाइलो पनि पुरानो रफ्तारमा उसैगरी अघि बढिरहेको छ । तर दर्शकले इष्टुलाई बिर्सिन सकेका छैनन् ।
प्रत्यक्ष भेट हुँदा होस् वा सामाजिक सञ्जालमा, हल्का रमाइलोमा अब कहिलेदेखि खेल्ने ? भन्ने प्रश्न उनले बरोबर सामना गर्नु परिरहेको छ ।इष्टुले सुरुदेखि नै सामना गरेको यो प्रश्न लामो समय पन्छाइन् । तर टिकटकमा उम्किनै नसक्ने गरी फन्दामा परेपछि उनले यसबारे मुख खोलेकी छन् ।
जुन हल्का रमाइलोमा उनलाई देख्न चाहनेका लागि नीरसलाग्दो छ ।इष्टुका अनुसार अब उनी कहिल्यै पनि हल्का रमाइलोमा देखिन्नन् ।‘आइ विल नेभर बी ब्याक,’ हल्का रमाइलोसँग कुनै तुष भएजस्तो गरी इष्टुले भनेकी छन्, ‘जहिले पनि म फ्रन्टमा हेरेर हिँडेकी हुन्छु । त्यसैले कहिल्यै पनि हल्का रमाइलोमा देख्न पाउनु हुनेछैन ।’
दर्शकको चाहना राम्रोसँग बुझेकी इष्टुले आफ्नो कठोर निर्णयले दर्शकलाई दुःखी बनाउने ठानेर होला क्षमा पनि मागेकी छन् ।तर असन्तुष्टि मिश्रित उनको प्रष्टीकरणले एउटा जिज्ञासा भने फेरि पनि छाडेको छ– आखिर बल्छीले इष्टुको मन दुखाएचाहिँ केमा ?
यो पनि – सेलिब्रेटीको व्यक्तिगत जीवनबारे सार्वजनिक चासो हुनु स्वाभाविक हो । अक्सर उनीहरूका लवाइखवाइदेखि सम्बन्धसम्मका विषयमा चर्चा र चियोचर्चो चलिरहन्छन् ।केही समयअघि पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको प्रेम सम्बन्ध टुटेको विषय चर्चाको विषय बन्यो ।
अहिलेसम्मका मिस नेपालमध्ये पृथक छवि बनाउन सफल श्रृंखला र भ्लगर सिसन केही वर्षदेखि डेटमा थिए । तर खै केले हो, प्रेमिल जहाजलाई सुरक्षित अवतरण गराउन भने उनीहरू चुकेको र्युमर अहिले यततत्र छ ।सम्बन्धमा आएको दरारको संकेतचाहिँ सबैभन्दा पहिले उनीहरू आफैंले दिएका थिए,
इन्स्टाग्राममा एकअर्कालाई ‘अनफलो’ गरेर । श्रृंखलाले यसबारे मुख नखोले पनि सिसनले घुमाउरो स्ट्याटसमार्फत हल्लाहरू सत्य भएको संकेत गरिसकेका छन् ।सिसनसँगको ब्रेकअपको हल्लालगत्तै श्रृंखला फेरि अर्को सम्बन्धका कारण चर्चामा आएकी छन् ।
ब्याक टु ब्याक चर्चामा आउँदा यसपटक उनको नाम कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियापुत्र सम्भव सिरोहियासँग जोडिएको छ । चर्चाअनुसार, श्रृंखला र सम्भवबीच माया प्रेम झाँगिएको छ ।यसैबीच, सम्भव अमेरिकाको हार्वड विश्वविद्यालयअन्तर्गतको
हार्वड बिजनेस स्कुलमा सम्भव भर्ना भएका छन् । सम्भव स्वयंले इन्स्टाग्राममा तस्बिर पोस्ट् गर्दै यसबारे जानकारी दिएका छन् ।अध्ययनमा आफ्नो बेजोड रूची भएको बताउँदै उनले यसलाई थप परिस्कृत गर्नका लागि आफू हावर्ड बिजनेस स्कुलमा एक वर्षको कोर्षमा भर्ना भएको जनाएका छन् ।
हाल अमेरिकामा रहेका सिरोहिया कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको ‘मुभर्स एण्ड सेकर्स’ (एमएण्डएस) का प्रमुख कार्यकारी अधिकृत हुन् । सम्भवले बताएअनुसार, आगामी सेप्टेम्बरबाट उनले त्यहाँ वरिष्ठ कार्यकारीसम्बन्धी कोर्सको अध्ययन थाल्नेछन् र यो क्रम एक वर्ष चल्नेछ ।
हार्वड विश्वका प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हो । सहरी विकास विषयमा स्नातकोत्तररत श्रृंखला पनि हाल यही विश्वविद्यालयमा अध्ययनरत छिन् ।श्रृंखला र सम्भवबीचको प्रेम सम्बन्धको चर्चा हुनु र यहीबीच एउटै शैक्षिक संस्थामा जोडिनु नेपाली उखान बाघ कराउनु र बाख्रा हराउनु भनेजस्तो मात्र हो कि अरू केही ?श्रृंंखला, अब त अति भो । लौ न मुख खोलौं !
Leave A Comment