Latest
img

अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको नि’ धन

काठमाडौं -अभिनेता सलोन बस्नेतका साला तथा पत्नी करिश्मा केसीका भाइ किरण केसीको अल्पायुमै दुःखद नि’ धन भएको छ । उनको सवारी दुर्घटनामा परी दुखद मृ’ त्यु भएको बताइएको छ । केसीको अल्पायुमै दुःखद नि’ धन भए भएपछि करिश्मा केसी सहित उनको माइती परिवार गहिरो शोकमा डुबेको छ ।

सलोनका काका जयकिसन बस्नेतका अनुसार किरणले सवारी दु’ र्घटनामा ज्यान गुमाएका हुन् । उनी २१ वर्षका थिए । भाइको अल्पायुमै दुःखद नि’ धन भएपछि करिश्माले टिकटकमा भावुक पोस्ट गरेकी छन् ।केही समय पहिले करिश्माले एक अन्र्तवार्तामा आफुलाई भाइले धेरै माया गर्ने बताएकी थिइन् । उनले सलोनसँग बिहे गरेपछि भाइले दिनकै फोन गर्ने बताएकी थिइन् ।

उता अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म ‘बार्हा सी’ निर्माण गर्ने भएका छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् । नेवारी भाषामा राखिएको उक्त शीर्षकको अर्थ हुन्छ, नेवारी समुदायमा गुफा बस्ने चलन ।

एक करोडभन्दा बढी बजेटमा निर्माण हुने बताइएको फिल्ममा प्रदीप र पूर्णिमा श्रेष्ठलाई कलाकारको रुपमा उल्लेख गरिएको छ । गत फागुन ४ गते प्रदीपले बोर्डमा फिल्म दर्ता गरेका हुन् । शीर्षकअनुसार यो फिल्म ‘मेनस्ट्रिम’ र ‘कमर्सियल’भन्दा मौलिक सामाजिक कथावस्तुमा बन्न लागेको बुझिन्छ ।

नेवार समुदायका बालिकालाई महिनावारी सुरु हुनुभन्दा अगाडि गुफा अर्थात् बार्हा राख्ने चलन छ । उक्त परम्परा अनुसार आठदेखि १४ वर्षसम्मका बालिका १२ दिनसम्म सूर्यको प्रकाश नपर्ने अँध्यारो कोठामा बस्नुपर्ने हुन्छ भने घरबाहिर निस्कनु हुँदैन । यसै गरी गुफा बसेकी बालिकलाई पुरुषले हेर्न हुँदैन भन्ने परम्परा छ ।

गुफा बसेको बेला कतिपय बालिकाको स्वास्थ्यमा समस्या आएर मृत्यु समेत हुने गरेको छ । यसकै कथावस्तुमाथि फिल्म ‘बार्हा सी’ बन्न लागेको स्रोतले जनाएको छ ।प्रदीपको रुचि पछिल्लो समय सामाजिक कथावस्तुका फिल्ममा देखिएको छ । ‘प्रकाश’ बाट उनले यसैसाता

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए । उनी दिनेश राउतले निर्देशन गर्ने शहीद गंगालालको बायोपिकमा पनि देखिंदैछन् । पछिल्लो समय उनी हिंडेर अमेरिका जाने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्म ‘क्यामिनो’को कार्यशालामा व्यस्त छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment