Latest
img

करोडौ रकम हिनामिना गरेको आरोप लागेकी धुर्मुस-सुन्तली फाउन्डेसन कि सुन्तलीलाई न’ ग्न तस्बिर पठाए रे

कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा न’ ग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् । कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा ।

मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् ।

उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’ ‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् ।

यस्तो छ उनको लेखाई – अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा। मलाई मेरो ईन्बक्समा न’ ग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको छ। म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र संग।

धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाई देउ कि सजाय! तर जे गर्छौ छिटो गर🙏🥹

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई लिएर लामोसमयदेखि कलाकार घिमिरे र सिताराम कट्टेल धुर्मुस विवादमा तानिएका छन् । अहिले उक्त रंगशाला लथालिङ्ग अवस्थामा रहेको छ । बीचमै काम छोडेको र हिसाबकिताब पनि सार्वजनिक नगरेको भन्दै अहिले धेरै दर्शकले यी दुई कलाकारमाथि विभिन्न आलोचना गरिरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment