Latest
img

‘टिल्ल जाँ’ ड खाको छ, को हो तपाईं? भन्दा म एमालेको नेता हो, नपत्याए हेर्न कार्ड भन्छ: ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई आचरण र आनीबानीमा ख्याल गर्न निर्देशन दिएका छन्। गृहजिल्ला झापामा शुक्रबार आयोजित मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आचरण राम्रो नभए कसैले पनि विश्वास गर्न नसक्ने बताए।

‘तपाईं पण्डित होला, व्याख्या राम्रो गर्नुहोला, मीठो कुरा गर्नुहोला, एकछिनमा भट्टीमा पसेर निस्कँदा ट्रक हिँड्ने बाटोमा तपाईंलाई पुग्दैन भने मान्छेले के भन्छ?’ ओलीले भने, ‘एकछिन अघि साथी कति राम्रो कुरा गर्दै थियो, अहिले ट्रकभन्दा ठूलो भइसक्यो।

त्यत्रो भारी बोकेको ट्रकको चक्का सोझै हुन्छ साथीको खुट्टा वल्लो छेउ पल्लो छेउ गर्छ।’नेताको यस्तो परिस्थिती हुँदा अरू पछाडि लाग्न नसक्ने उनको भनाइ छ। ‘टिल्ल जाँ’ ड खाको छ, को हो तपाईं? भन्दा म एमालेको जिल्लाको नेता हो नपत्याए हेर्न कार्ड भन्छ, यसरी एमाले भइन्छ? ओलीले थपे।

उनले सिद्धान्तभन्दा पहिलो कुरा बोलीवचन, शिष्टता र व्यवहार भएकाले त्यसमा विशेष ख्याल गर्न नेता कार्यकर्तालाई आग्रह गरे। सापटी लियो नतिर्ने, बोल्दा रफ बोल्ने, व्यवहार राम्रो नगर्ने अनि मान्छेले कसरी पत्याउने? ओलीको प्रश्न थियो। बाहिर महिला अधिकारका कुरा गर्ने घरमा गएर श्रीमती कु’ ट्ने र श्रीमतीले श्रीमानलाई बसि खान नदिने प्रवृत्ति नगर्न पनि ओलीले सचेत गराए।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटबाट मधेस प्रदेश सचिवालय सदस्य महम्मद कलिमुल्लाह, अमर आले र बाबुराम दहालसहित नेताहरु एमालेमा फर्किएका छन् ।मिसन ग्रासरुट अभियान चलिरहेका बेला उनीहरुसहित

जिल्ला सदस्य मधुसुदन धिताल, पूर्वगाविस अध्यक्ष शम्भुप्रसाद गुप्ता, नागेन्द्र चौरसिया, विनोद चौधरीसहित दर्जनौं जिल्ला कमिटी सदस्य र गरुडा नगर कमिटी अध्यक्षसहित प्रायः सबै सदस्यहरु एमालेमा फर्किएका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले बताए ।

सोही अवसरमा चपुर नगर कमिटीका सदस्यहरु पनि एमालेमा फर्किएको मिसन ग्रासरुटका क्रममा रौतहटमा रहेका पौडेलले बताए । नेकपा एमाले पोलिटब्युरो सदस्य पौडेलको उपस्थितिमा लामो छलफल गरी उनीहरु एमालेमा फर्किएको विज्ञप्तिमार्फत जनाइएको छ ।

त्यस्तै नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संघीय सरकारमा तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीसहित सरकारमा जाने बताएका छन् ।पाँचथरमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा हुने उपचुनावमा एक सीट आफ्नो पार्टीले पाउँनुपर्ने समेत बताए ।

खनालले गठबन्धनबाट सम्मानजनकरुपमा ती कुरामा सहमति नभए सरकारमा सहभागी नहुने समेत बताए । उनले उपचुनावमा एक सीट नपाए गठबन्धन टिकाइराख्न आफूहरु बाध्य नहुने समेत बताए ।खनालले गठबन्धन सत्ताका लागिमात्र बनेको भन्दै अहिले बनेको गठबन्धनले पनि देशको हित नगर्ने बताए । उनले वामपन्थीहरु मिल्नुपर्ने आफ्नो अडान कायमै रहेको उल्लेख गरे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment